घर भित्रिइन् हस्मुना

फोनबाट तलाक
रवीन्द्र उप्रेती

महोत्तरी — फोनबाटै तलाक पाएकी पर्सादेवाड ७ की हस्मुना खातुनलाई उनका श्रीमान् मोहमद मुस्तकिमले गल्ती स्विकार्दै मेलमिलाप गरेका छन्। उनले घर मात्र भित्र्याएनन्...

फोनबाटै तलाक पाएकी पर्सादेवाड ७ की हस्मुना खातुनलाई उनका श्रीमान् मोहमद मुस्तकिमले गल्ती स्विकार्दै मेलमिलाप गरेका छन्। उनले घर मात्र भित्र्याएनन् बिहे दर्ता र छोराछोरीको जन्म दर्ता गर्नुका साथै हस्मुनाको नागरिकता पनि बनाइदिए।
शुक्रबार जलेश्वर आएका उनीहरूले बिछोडिएको परिवारलाई मिलाप गराइदिएको भन्दै प्रहरी र पत्रकारलाई धन्यवादसमेत दिए। 'आवेशमा आएर गल्ती भयो,' पत्नी र काखे छोरोसाथ सदरमुकाम आएका मुस्तकिमले भने, 'अब यस्तो गल्ती हुँदैन मिलेर बस्छौं, छोराछेारी स्कुल
भर्ना गर्छौं।'
कान्तिपुरमा ७ पुसमा 'फोनबाटै तलाक' शीर्षकमा समाचार प्रकाशित भएपछि घटनाले सुरक्षा निकायको ध्यानाकर्षण गरेको थियो। प्रहरीले पतिपत्नी दुवैलाई परामर्श गरेपछि उनीहरू मेलमिलाप गर्न
राजी भएका थिए। प्रहरी सक्रियतामा उनीहरूको पर्सादेवाड गाविस कार्यालयले बिहे दर्ता र
छोराछोरीको जन्म दर्ता गरिदिएको थियो। पति मुस्तकिमको सनाखतमा इलाका प्रशासन कार्यालय गौशालाले बुधबार हस्मुनालाई नागरिकता दिएको थियो।
प्रहरी नायब उपरीक्षक लोकेेन्द्र श्रेष्ठले यो मिलापत्रबाट पर्सादेवाडका अन्य तलाक पीडितले
पनि न्याय पाउने ढोका खुलेको बताए। 'अब महिलाले डराउनु पर्दैन,' श्रेष्ठले भने, 'तलाकबाट पीडित महिलालाई न्यायका लागि सहयोग गर्न प्रहरी तयार छ।'
श्रीमान्सँग घर प्रवेश गरेपछि कुटपिट गरेर निकाला गरेकी सासू, नन्द, देवर, देउरानी कसैले हेला नगरेको हस्मुनाले बताइन्। 'गाउँलेले पनि कुरा काटेनन्,' उनले भनिन्, 'सबैले राम्रो माने।' फोनबाटै तलाक पाएपछि ३ वर्षदेखि माइतमा बस्दै आएकी हस्मुनालाई पतिले स्विकारेपछि सबैभन्दा खुसी देखिन्थिन्। तर आफूजस्ता अन्य महिलाले पनि यस्तै न्याय पाओस् भन्ने प्रहरीसमक्ष आग्रह गरिन्।
'तपाईंहरूको सहयोगले मैले त दोस्रो जीवन नै पाएँ,' हस्मुनाले प्रहरी र पत्रकारप्रति आभार प्रकट गर्दै भनिन्, 'तर मजस्तै गाउँमा थुप्रै तलाक पीडित छन् उनको दुःख पनि सुनिदिनुहोला। समसीस्थित इलाका प्रहरी प्रमुख जयदीप शमशेर राणाका अनुसार हस्मुनालाई उनका पतिले स्विकारेपछि गाउँमा यसको अनुकूल प्रभाव परेको छ। यस्ता अन्य पीडितले पनि न्यायको आशा पाल्न थालेका छन्। अर्की तलाकपीडित महिला जोहरा खातुनका अनुसार अहिले गाउँमा करिब ३ सय तलाक पीडित छन्। हस्मुना समस्याको सुखद अन्तले अन्य पीडितका पनि हौसला बढेको उनले बताइन्।
मुस्तकिमले हाँसेर भने, 'यसको मुख अलि छिटो छ, तपाईंहरूले सम्झाइदिनू।' हस्मुनाले पनि भनिन्, 'तिमी पनि कम्ता छैनौ।' दुवैले फोटो खिचाए र अपराह्न हाँस्दै घर फर्के।

प्रकाशित : पुस १२, २०७१ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाध्यताले गाउँ छाड्दै भोटे

अर्जुन शाह

बाजुरा — आफ्नो घर र गाउँ समाज चटक्क छाडेर बिरानो ठाउँमा हेपिएर गुजारा चलाउने रहर कसलाई पो हुन्छ र ! तर, बाध्यताका अगाडि कसको के लाग्छ? बाजुराको हिमाली भेगमा बसोबास गर्ने भोटे समुदाय मन भारी पार्दै जाडो छल्न गाउँघर छाडिरहेका छन्।


अगाउँपानीका अधिकांश परिवारले घर छाडेर औल झर्ने तयारी गरेपछि श्रीलाल बिष्टले सबै दाजुभाइलाई निम्त्याएर भोजभतेर गरे। गाउँघर हेरचाह गर्न १/२ परिवारका बुढापाकालाई मात्रै छाड्ने सरसल्लाह भएको छ। घर बस्ने र औल झर्नेहरू एकसाथ बसेर मीठो मसिनो खाएर भोलिपल्ट पाँच महिनाका लागि छुट्टिँदै छन्। 'मन भारी बनाएर हामी गाउँ छाड्दै छौं,' श्रीलालले भने, 'वैशाखमा सबै सँगै फर्किन्छौं।'
मार्तडी, पाण्डुसेन, कोल्टी, कोटिला, बाँधु र बिच्छ्याँ गरी ६ गाविसमा भोटे समुदायको बसोबास छ। उनीहरू मंसिरदेखि पुसभरि यसैगरी गाउँघर छाड्छन्। 'हिउँदमा बस्ती सुनसान हुन्छ,' अगाउँपानीकै मेदाआङ्मु बिष्टले भनिन्।
यतिबेला पाण्डुसेनको उपल्लो क्षेत्रमा असाध्यै जाडो छ। बादल लाग्नासाथ हिमपात सुरु हुन्छ। हिमपातमा भेडाच्यांग्राको चरिचरन नहुँदा झनै कष्टकर हुन्छ। रूखो जमिनको उत्पादनले छाक टार्ने खेतीपाती हुँदैन। यही कारण उनीहरू चिसो छल्न औल र्झछन्।
सात वषर्ीया छोरीलाई घोडाको पिठ्यूँमा बाँधेकाले बिच्छ्याँका ज्याबल थापाको परिवारलाई घोडा र भेडा गन्तव्यसम्म डोर्‍याउन सजिलो भएको थियो। जिल्लाको विकट बिच्छ्याँका ज्याबलको परिवार घर छाडेर औल झरिसकेको छ। आफ्नो मुख्य सम्पत्तिका रूपमा रहेका करिब ५० भेडाच्यांग्रासहित ५ जनाको परिवार दक्षिणी क्ष्ाेत्रको बार्जुगाढमा बस्ने योजनामा छ। पाण्डुसेनकै रामबहादुर गुरुङको परिवार भने अछामको साँफेबगर बस्ने सोचमा छ।
गाउँमा हिउँदे अन्नपात नफल्ने र भेडाच्यांग्राको चरिचरन मुख्य समस्या हुने भएकाले यस अवधिमा उनीहरू औल झर्ने गरेको भोटे जनजाति सेवा समितिका अध्यक्ष नृप थापा भोटे बताउँछन्। 'यो बाध्यता पुर्खौंदेखि चलिआएको छ,' उनले भने। बाजुरा र अछामका विभिन्न स्थानमा पाल टाँगेर अस्थायी गुजारा चलाउने उनीहरू भेडाबाट विकट गाउँमा नुन, चामललगायत सामान ओसारपसारबाट भएको कमाइले गुजारा चलाउँछन्।
भेडाच्यांग्रा पालन तथा सामान ओसारपसार गर्ने पुख्र्यौली व्यवस्ााय गर्ने बेला उनीहरूको जीवनशैली नै बेग्लै थियो। बीचमा भेडाच्यांग्राका बथान र सुरक्षाका लागि अगाडि-पछाडि डरलाग्दा भोटे कुकुर लिएर मध्यरातदेखि हिंड्ने र दिनभर आराम गर्थे। दिउँसो भेडाच्यांग्रा चराउँथे। अहिले त्यस्तो छैन। मध्यरातमा भोटे हिडेको अहिले सुनिँदैन, दक्षिणी भेगका बासिन्दाले देख्नै छाडेको वषौर्ं भइसक्यो।

प्रकाशित : पुस १२, २०७१ १०:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT