कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दृष्टिविहीन बालबालिकालाई भवन बनाउन सांगीतिक कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौं — दृष्टिविहीन बालबालिकाका लागि भवन निर्माण गर्न लायन्स क्लव अफ काठमाडौं टेम्पलले सांगीति कार्यक्रम गर्ने भएको छ ।

दृष्टिविहीन बालबालिकालाई भवन बनाउन सांगीतिक कार्यक्रम

फागुन २१ गते आर्मी अफिसर्स क्लव भद्रकालीमा ‘उज्यालो उत्सव २०७३’ कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष अरुणकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा खर्च कटाएर रहेको रकमको ६० प्रतिशत रकम भवन निर्माणमा खर्च गरिने उनले बताए ।

कार्यक्रममा गायक राजेशपायल राई, पशुपति शर्मा, रमेशराज भट्टराई, मौसमी गुरुङ, जीवन परियार, सुनिता गुरुङ, देविका बन्दनाले गीत प्रस्तुत गर्ने कार्यक्रम छ ।

अभिनेत्री गौरी मल्ला, रिस्ता बस्नेत, मेनका गुरुङ, दीपेन्द्र तिमल्सिनालगायत कलाकारले नृत्य प्रस्तुत गर्नेछन् भने शैलेन्द्र सिंखडा, जितु नेपाल, ज्योति काफ्ले, विपना बस्नेतको प्रहसन रहने बताइएको छ ।

प्रकाशित : फाल्गुन १६, २०७३ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?