अशोकको ‘झुल्केको घाम’

काठमाडौं — गायक अशोक मुकारुङको एकल गीती एल्बम ‘झुल्केको घाम’ सार्वजनिक भएको छ ।

अशोकको ‘झुल्केको घाम’

राजधानीमा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, नेपाली वाङमय परिषद्का अध्यक्ष शशी लुमुम्बु लगायतका स्रष्टाले संयुक्तरुपमा विमोचन गरे । उनको यो चौथो एल्बम हो ।

एल्बममा गौरब गुरुङ, खेमराज गुरुङ, तुलसी बस्नेत, वसन्त मुकारुङ, वसन्त ताम्सुहाङ र गंगाराज मुकारुङको शब्द छ भने वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ, सुमन राईको संगीत रहेको छ । कार्यक्रममा ‘झुल्केको घाम’ र ‘लैबरी’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।

प्रकाशित : चैत्र ११, २०७३ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?