तिवारीको ‘जमाना खराब छ’ [भिडियोसहित]

कान्तिपुर संवाददाता

काठमाडौं — गायक सूर्य तिवारीको आवाजमा समावेश ‘जमाना खराब छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत मिलन जलन र सूर्य तिवारीको छ ।

राजन इसानले गीतको एरेन्ज गरेका हुन् । गायक तिवारीले यो गीत पोर्चुगलमै बसेर रेकर्ड गराएका हुन् ।

श्रीधर पौडेलले यो गीतको भिडियोको छायांकन तथा निर्देशन गरेका हुन् । भिडियोमा मिलन जलन र नायिका तथा मोडल बर्षा  सिवाकोटीले मोडलिङ गरेका छन् । 

मोडल, संगीतकार तथा गीतकार अहिले लण्डनमा बसोबास गर्दै आएका छन् ।

प्रकाशित : चैत्र २८, २०७३ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुर्घटनामा दुईको मृत्यु

कान्तिपुर संवाददाता

नुवाकोट — ककनी गाउँपालिका–४ हाकुलेमा बा४ख ४२५१ नम्बरको कुखुरा बोकेको मिनिट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते छन् । आइतबार बिहान तीन बजे भएको दुर्घटनामा बेलकोटगढी नगरपालिका–२ कुमारीका २७ वर्षीय सुदन न्यौपाने र वडा १ का २४ वर्षीय मछिन्द्र पुडासैनीको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए ।

घाइते हुनेमा बेलकोटगढी नगरपालिका–२ कुमरीका २७ वर्षीय श्रीकृष्ण न्यौपाने र सोही ठाउँका २५ वर्षीय राममणि न्यौपाने छन् । बेलकोटबाट कुखुरा लिएर काठमाडांैतर्फ जाँदै गरेको मिनीट्रक हाकुलेमा दुर्घटना भएको थियो ।

प्रकाशित : चैत्र २८, २०७३ ०८:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT