कौडा गीत ‘धौलागिरी हिमाल....’ (भिडियोसहित)

कान्तिपुर संवाददाता

काठमाडौं — दिल्सारा काउचा मगर र बाबुराम पन्थीको कौडा गीत ‘धौलागिरी हिमाल हाँसेको...’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रल्हाद सुवेदीको शब्द रहेको गीतलाई दिल्साराले नै संगीत भरेका छन् ।

म्यूजिक भिडियोमा निर्मल क्षेत्री, सरिष्मा मगरलगायतको अभिनय छ भने गायत्री थापाले निर्देशन गरेकी छन् ।

प्रकाशित : चैत्र ३०, २०७३ २२:३८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

लामो कानुनी लडाईपछि आमाको नामबाट नागरिकता

अदालतद्वारा आमाको नामबाट बंशजको आधारमा १५ दिनभित्रै नागरिकता दिन आदेश
ठाकुरसिंह थारु

बाँके — लामो कानुनी लडाईपछि बागेश्वरी २ खजुराकी १९ बर्षीया रुथ घर्ति मगरले आमाको नामबाट नेपाली नागरिकता पाएकी छन् । जिल्ला प्रशासन कार्यालयबाट मंगलबार नागरिता पाएपछि उनी खुसीले दंग परिन । आफ्नो नामबाट छोरीलाई नागरिकता दिलाउन पाएकोमा आमा कमला पनि खुसी थिइन ।

'लामो लडाईपछि छोरीले मेरै नामबाट नागरिकता पाएकी छन् । अब उसलाई पढ्न र जागिर गर्न सहयोग पुग्नेछ,’ उनले भनिन् ।

नागरिकता नहुँदा रुथ जागिर गर्न बन्चित हुँदै आएकी थिईन । स्थानीय निजी बिद्यालयमा शिक्षण गर्ने उनलाई नागरिकता ल्याउन दबाब थियो । तर, स्थानीय प्रशासनले बुबाको राष्ट्रियता नखुलेको भन्दै दिन इन्कार गर्दै आएको थियो । उनका बुबा लोकराजको मृत्यु भइसकेको छ । नागरिकताका लागि उनलाई करिव ९ महिना दौडधुप गर्नुपर्‍यो । करिव दुई महिनासम्म गाविस र स्थानीय प्रशासनमा आउजाउ गरिरहेकी थिईन । नपाएपछि गत असोज ४ गते अदालतको सरणमा पुगिन् । ‘नागरिक हुन निकै तनाव झेल्नु पर्‍यो । आज भने नागरिकता बन्दा निकै खुसी लागेको छ,’ रुथले भनिन्,‘अब जागिर गर्ने कार्यालयमा नागरिकता पेश गर्छु । बैंक खाता खोल्छु ।’

प्रशासनले नागरिकता दिन इन्कार गरेपछि उच्च अदालत नेपालगन्ज इजलासमा रिट निवेदन दर्ता गरेकी थिईन । अदालतले आमाको नामबाट बंशजको आधारमा १५ दिनभित्रै नागरिकता दिन प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले अदालतको आदेशलाई कार्यान्वयन गरी नागरिकता दिएका हुन् ।

रुथकी सहोदर दिदी निर्मलाले जिल्ला प्रशासन कार्यालबाट ०६३ माघ १९ गते नै आमा कमलाको नामबाट बंशजको आधारमा नागरिकता पाएकी थिईन । तर, रुथले नागरिकता बनाउन खोजेपछि प्रशासनले बुबाको राष्ट्रियता नखुलेको भन्दै दिन ईन्कार गरेको थियो । आमा कमलाले पनि बंशजको आधारमा नागरिता पाएकी छन् । एउटै आमाका सन्तान दिदीलाई नागरिकता दिने तर बहिनीलाई बञ्चित गरिएपछि रुथ अदालत पुगेकी थिईन । आमा र जेठी छोरीले बंशजको आधारमा नागरिकता पाइसकेको भन्दै अदालतले रुथलाई नागरिकता दिन प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको थियो ।

रुथलाई नागरिकता दिलाउन कानुनी सहयोग गरेका अधिवक्ता सुनिल श्रेष्ठले अदालतको आदेशलाई प्रशासनले कार्यान्वन गरी नागरिकता दिनु सकारात्मक भएको बताए । ‘नागरिकताका लागि उनले अनावश्यक दु:ख पाईन,’ उनले भने, ‘आमा र जेठी छोरीले पाएको नागरिकताको आधारमा पहिले नै दिएको भए यतिका दिनसम्म दौडधुप गर्नुपर्ने अवस्था आउने थिएन ।’

नेपालको संविधान २०७२ को धारा १० र १२, नेपालको नागरिकता ऐन २०६३ को ३ (१) ले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गर्न नमिल्ने व्यबस्था गरेको छ । त्यस्तै, बुबा, आमा, नेपाली नागरिक हो भने निजका सन्तानले बंशजकै आधारमा नागरिकता लिन सक्ने व्यवस्था छ ।

आमाको नामबाट नागरिकता पाएपछि बाँके बागेश्वरी २ खजुराकी १९ बर्षीया रुथ घर्ति मगर । तस्बिर : ठाकुरसिंह /कान्तिपुर ।

प्रकाशित : चैत्र ३०, २०७३ २२:३०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT