कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

लक्ष्मी र एलिसाको गायन र नृत्य सँगसँगै

प्रदीप मेन्याङ्बो

धरान — नृत्य र गायनलाई आफ्नो ‘करिअर’ बनाउने कलाकारहरु नेपालमा कमै छन् । पूर्वबाट उदाएका नर्तकीद्वय लक्ष्मी योङहाङ लिम्बु र एलिसा राई भने नृत्यसँगै गायनलाई पनि जोडेर स्टेज शोमा उत्रन थालेका छन् ।

लक्ष्मी र एलिसाको गायन र नृत्य सँगसँगै

उनीहरुलाई साथ दिएका छन् पूर्व ब्रिटिश गोर्खा सैनिक तेज मेन्याङ्बोले ।

पाँचथरको पौवासारतापकी लक्ष्मी स्नातक अध्ययरत गर्दै फेशन, मोडलिङ र म्युजिक भिडियोका साथै प्रदर्शन हुन लागेको लिम्बू संस्कृतिमा आधारित लोकेन साँवाको निर्देशनमा निर्मित ‘के साङ्ला’ चलचित्रमा मुख्य नायिकाको भूमिकामा खेलिसकेको अनुभव छ । कक्षा १२ अध्ययरत १६ वर्षीया एलिसासँग पनि नृत्यसँगै लोकपप, सुगम संगीत, शास्त्रीय संगीत गायनको अनुभव छ ।

धरानको पर्यटकीय स्थल बगरकोटमा आयोजित एक कार्यक्रममा भेटिएकी लक्ष्मीले भनिन्, ‘आधादर्जन म्युजिक भिडियोमा मोडलिङ गरेँ । त्यसमा स्वर र नृत्य मेरै छ । र्‍याम्प शो, विज्ञापनमा पनि सहभागी भएपनि गायन र नृत्यलाई पहिलो प्राथमिकतामा राखेकी छु । अहिले पनि म गायन र नृत्यबाटै मैले नाम, काम र दामकासाथ आफ्नो पहिचान बनाउने ध्याउन्नमा छु ।’


उनीसँगै देखा परेकी एलिसाले भविष्यमा नाचेर र गाएरै जिन्दगी बिताउने सोच बनाएकी छिन् । उनले भनिन्, ‘उमेरले साथ दिएसम्म मोडलिङ र म्यूजिक भिडियो गरेपनि मेरो लक्ष्य गायन र नृत्य हो ।’ भोजपुरको होम्ताङमा जन्मेपनि पोखरामा दाजुभाउजुसँग बस्दैआएकाले पोखरामै उनले नृत्य र गायनकला सिकेको बताइन् । उनी जुनसुकै शैलीको नृत्य गर्न सक्छिन् । लक्ष्मी कन्टेम्पोररी, शास्त्रीय र विभिन्न जातिका सांस्कृतिक नृत्यमा पोख्त छिन् ।


लक्ष्मी र एलिसालाई साथ दिइरहेका तेज मेन्याङ्बोले गायिका कला राई र पार्वती राईलाई लिएर ‘मुर्चुङ्गा विनायो’ को म्युजिक भिडियो बनाएका छन् । उनले आफ्नै स्वर भएको लिम्बु गीत पालामको रेकर्डिङ र छायाङ्कन गर्न लण्डनबाट एक महिनाको विदा लिएर आएका बेला लक्ष्मी र एलिसासँग भेट भएपछि उनीहरको कलाकारितालाई साथ दिएको बताए ।

प्रकाशित : फाल्गुन २३, २०७४ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?