१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

२० वर्षपछि चितवनमा कन्दरा

चितवन — हिउँ त हैन फाप्रेको डंगुर
माया भयो अमिलो अंगुर
हङकङ पोखरा
निर्मोही आफ्नो को छ र ?

२० वर्षपछि चितवनमा कन्दरा

यो लोकपप ५० को दशकमा निकै गुन्जिने गथ्र्यो । श्रोतामाझ ठाउँ बनाउँदाबनाउँदै ब्यान्डका मुख्य सदस्यहरू नै विदेश गएपछि कन्दरा ओझेल पर्दै गयो । तर, केही समययता ब्यान्ड फेरि जुर्मुराएको छ ।

नयाँ एल्बम ‘भेडी गोठैमा’ निकालेको कन्दरा देशका विभिन्न ठाउँमा कार्यक्रम गर्न पुगिसकेको छ । आउँदो शनिबारचाहिँ उसको मुकाम चितवनमा हुनेछ ।

‘झन्डै १८/२० वर्षपछि चितवनमा हामी आउँदै छौं,’ कन्दराका भोकलिस्ट विवेक श्रेष्ठले शनिबार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा भने । ब्रो सिस इन्टरटेनमेन्टले कन्दरालाई चितवन ल्याउँदै छ । चैत ११ गते शनिबार नारायणगढको क्याम्पाचौरमा कन्दराले नयाँ–पुराना गीतहरू सुनाउनेछ । कार्यक्रममा नितेशजंग कुँवर र स्थानीय ब्यान्ड सलिम एन्ड क्रिपसोले पनि प्रस्तुति दिनेछन् ।

‘यसअघि जुन बेला चितवन आयौं, त्यो बेला खुला ठाउँमा नभएर नारायणी कलामन्दिरमा कार्यक्रम गरेका थियौं,’ विवेकले भने, ‘यो पटक बाहिर कार्यक्रम गर्दै छौं । ऊ बेला हाम्रो लोकप्रियता चुलीमा थियो, अहिले धेरै समयपछि आएका छौं । तर दर्शकश्रोताको मायामा कमी नहोला ।’

‘लेककी हे माया,’ ‘तगारोमा रुमाल राखी’ जस्ता गीतहरूसमेत दिएको कन्दरामा अहिले पुराना सदस्यमा विवेकसँगै सुनील थापा र बुद्धराज बज्राचार्य छन् । नयाँ सदस्यमा असिम शेरचन, अनिल गुरुङ, अमित गुरुङ र अविनाश गायक जोडिएका छन् ।

‘पूर्वमा उर्लाबारी र इनरुवामा कन्दराले कार्यक्रम गरिसकेको छ । काठमाडौं र पोखरापछि चितवनमा गर्न लागेका छौं । जहाँ गए पनि श्रोताको अपार माया पाएका छौं,’ विवेकले भने ।

प्रकाशित : चैत्र ५, २०७४ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?