कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लाग्यो गर्मी

‘गर्मीमा लाइट र भाइब्रेन्ट कलरका पहिरन मन पर्छन् । हिँड्दा सजिलो हुने खालका लुगा लगाउन मन लाग्छ ।’ - नीति शाह
सुनीता साखकर्मी

काठमाडौँ — बिहानबेलुका चिसो भए पनि दिउँसो घाम चर्किन थालेको छ । बिस्तारै गर्मी बढ्दै छ । बाक्ला पहिरन एक वर्षका लागि थन्किँदै छन् र दिन आएको छ पातला कपडाको । बजारमा पनि यही मौसम लक्षित पहिरनहरू पाइन थालेका छन् ।

लाग्यो गर्मी

केही दिनअघि पूर्वमिस नेपाल अस्मी श्रेष्ठले इन्स्टाग्राममा ‘अलमोस्ट समर’ भन्दै गाउन लगाएको तस्बिर पोस्ट गरेकी छन् । उनको तस्बिरमा केहीले ‘समरभन्दा पहिले स्प्रिङ आउँछ नि’ भन्दै कमेन्ट पनि गरेका छन् ।

अन्य सेलेब्रिटी पनि समर सिजनका कस्तो पहिरन लगाउने भन्ने प्लान बनाउँदै छन् ।

अभिनेत्री नम्रता सापकोटा समरमा कटनको पहिरन लगाउँछिन् । उनी घामले पाखुरा नडढाओस् भनेर उनको रोजाइमा प्राय: फुल स्लिभवाला लुगा पर्ने गर्छन् । ‘फुल स्लिभवाला लगाए पनि शीतल हुने खालको लुगा नै लगाउँछु,’ उनले भनिन् ।

‘घामले पाखुरा नडढाओस् भनेर प्राय: फुल स्लिभवाला लुगा लगाउँछु, तर शीतल हुने खालका ।’
नम्रता सापकोटा

उनलाई कलरफुल लुगा एकदमै मन पर्छन् । उनले समरमा विशेष पहेँलो, पिंक, अरेन्ज कलरका पहिरन लगाउने गरेकी छन् । केही महिनाअघि जापान पुगेर आएकी नम्रताले त्यहीँबाटै समरका लागि सपिङ गरेर आएकी छन् रे ।

‘चारपाँच वटा स्कर्ट किनेर ल्याएकी छु,’ उनले सुनाइन्, ‘त्यी सबै फ्लावर पेन्टेड छन् । यसपालिको समरमा तिनै लगाउने सुरमा छु ।’

पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ प्राय: डिजाइनर आस्तिकका कलेक्सनहरूमा देखिन्छिन् । आस्तिकले फ्लोरल डिजाइनमा ‘स्प्रिङ/समर, २०१८’ कलेक्सन भनेर तयार पारेका लेहङ्गा लगाएको तस्बिर सृष्टिले हालै इन्स्टाग्राममा सेयर गरेकी छन् ।

अस्मी श्रेष्ठ

लेहङ्गाको ब्लाउज र दुपट्टा पिंक छन् भने लेहङ्गा एल्लो । त्यसमा इम्ब्रोइडरी गरिएको छ । ‘मिस नेपाल इन्टरनेसनल, २०१७’ नीति शाहलाई समरमा क्याजुअल ड्ेरसअपमा सजिन मन लाग्छ । उनी समरमा प्राय: स्कर्ट, कुर्ती, टप, सट्र्स (हाफ पाइन्ट) सेमी फर्मल खालका लुगा लगाउन रुचाउँछिन् । उनले भनिन्, ‘हिँड्दा सजिलो हुने खालका लुगा लगाउन मन लाग्छ ।’

सनस्क्रिन क्रिम लगाउने भएकाले गर्मीमा घामबाट बच्नकै लागि भनेर पहिरनमा कन्सस नहुने नीतिले सुनाइन् । उनलाई गर्मीमा लाइट र भाइब्रेन्ट कलरका पहिरन मन पर्छन् । यस वर्ष उनले समरका ड्ेरसहरू किनिसकेकी छैनन् । भनिन्, ‘प्लान गर्दै छु ।’

प्रकाशित : चैत्र ६, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?