३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

‘प्रदेश आइडल’ मा उत्कृष्ट १०

सुर्खेत — कर्णाली प्रदेशमा भौगोलिक विकटता, सामाजिक/आर्थिक पछयौटेपन रहे पनि कला संस्कृतिका हिसाबले धनी मानिन्छ ।

‘प्रदेश आइडल’ मा उत्कृष्ट १०

लोकभाका, लोकसंगीत, देउडा लगायतका मौलिक कला संस्कृतिले भरिपूर्ण यहाँ एउटा सांगीतिक अभियान चलेको छ– ‘प्रदेश आइडल’ ।

सिङगारो म्युजिक प्रालि सुर्खेतले प्रदेशका १० जिल्लासम्म पुगेर प्रतिभाको पहिचानको थालनी गरेको हो । ‘समाजमा लुकेर रहेका प्रतिभाको खोजी हाम्रो अभियान हो,’ सिङगारो म्युजिकका कार्यकारी निर्देशक विशाल ढकालले भने, ‘प्रदेश सम्वृद्धिको एउटा आधार कला संस्कृतिको उन्नयन पनि हो । एउटा कलाकारको पहिचान बनाउन काठमाडौं पुग्नुपर्दैन भन्ने आइडलको मर्म हो ।’ सम्बन्धित जिल्लामै आयोजित गायन अडिसनबाट नवप्रतिभाको छनोट गरिएको थियो । सिङगारो म्युजिकका अध्यक्ष रमेशकुमार सापकोटाका अनुसार जिल्लाबाट छानिएकामध्ये प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रतिस्पर्धा गराइएको थियो । सावित्रा अधिकारी, महेन्द्र विक, विराज थापामगर, हिक्मत शाही, रवि ओड, सागर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार, आशिष बुढा र खगिसरा शाही टप टेनमा छनोट भएका छन् ।

प्रतियोगिताको फाइनल चैत ३० मा वीरेन्द्रनगरमा हुनेछ । सर्वोत्कृष्ट एकलाई ३ लाख राशिको पुरस्कार दिइनेछ । दोस्रोलाई २ लाख, तेस्रो हुनेलाई १ लाख र उत्कृष्टलाई ५० हजार रुपैयाँ दिइने ढकालले जानकारी दिए ।

प्रकाशित : चैत्र ७, २०७४ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?