कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वेलकम टु सिन्थेसिस

काठमाडौँ — अक्सिजन माक्सले प्राण धानेको छ उनको । तर, जसै क्यानभास र कुची सामुन्ने हुन्छ, थर्थराउने उनका औंला चित्र कोर्न तल्लीन हुन्छन् । उमेरले ७० नाघेका पाका कलाकार प्रेममान चित्रकारले यसरी नै पछिल्ला चित्रहरू ग्यालरीमा ल्याए । परिपक्व र कलात्मक चित्र कोर्न उनलाई बिरामीले छेकेन ।

वेलकम टु सिन्थेसिस

बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा प्रेमसँगै लोकमान चित्रकार र युवा कलाकार समुद्रमान श्रेष्ठको परम्परागत कला प्रदर्शनीमा राखिएको थियो । तीनदिने प्रदर्शनी शनिबार सकियो । समसामयिक कला र फोटोग्राफीसमेत समावेश प्रदर्शनीको शीर्षक ‘वेलकम टु सिन्थेसिस’ राखिएको थियो भने एरिना ताम्राकार, किचमान चित्रकार, रसना बज्राचार्य, प्रदीप शाक्य, यानिक श्रेष्ठ, समीर महर्जन, आकाश प्रधान र मिसेल लामाका कलाकृति पनि ग्यालरी थिए । पाका चित्रकार प्रेममानले १३ वर्ष अगाडि बनाएको चित्र र अहिलेको चित्रलाई पनि तुलनात्मक रूपमा राखिएको थियो ।

बिरामी भएपछि प्रेमले अचेल चित्र कोर्न माध्यम परिवर्तन गरेका छन् । क्यानभासमा रंगले कोर्दा कठिन हुन्छ । त्यसैले उनले पेन्सिल एन्ड इन्कको सहायता लिएका छन् । क्युरेटर नोर्बु गुरुङले परम्परागत कलामा प्रेममान सबैका गुरु भएको बताए । प्रेमले कोरेका पेन्सिलकै चित्र पनि आउने पुस्ताका लागि अमूल्य गहना हुने उनले दाबी गरे ।

लोकमानले चाहिँ पञ्चबुद्ध बनाएका थिए । समुद्रमानको परम्परागत कलामा मौलिकता पाइन्थ्यो । रसना बज्राचार्यले अस्तव्यस्त रंग पोतेर पोट्रेट बनाएकी थिइन् ।

प्रकाशित : वैशाख २३, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?