कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलजितको ‘जफ्रानको जादू’

काठमाडौँ — केशरको प्रयोग खानाका साथसाथै अनेकौं सौन्दर्य प्रसाधनमा हुने गरेको छ । गोडमेल गर्न खर्चिलो, कडा श्रम पर्ने हुँदा केशर विश्वकै महँगो मसलामध्ये पर्छ । केशरको फूल विशेष अवस्थामा मात्र हुर्कन्छ । केशरको फूलको यही बहुमूल्य र लगभग आध्यात्मिक गुणबाट प्रभावित भएर डिजाइनर दलजित सुदानले पहिरन तयार पारेकी छन् ।

दलजितको ‘जफ्रानको जादू’

उक्त पहिरनहरू जेठ ११ गते सोल्टी क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा ‘दलजित सुदान फेसन रनवे, २०१८’ शीर्षकमा प्रदर्शन गरिने उनले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

ती पहिरन ‘जफ्रानको जादू’ अर्थात् केशरको रंग र मौलिकताबाट प्रभावित रहेको दलजितले सुनाइन् । जफ्रान कश्मीरमा हुर्कने केशरको एउटा प्रजाति हो ।

‘मेरो लागि केशरको फूलको आध्यात्मिक अर्थ छ र अध्यात्मले प्रेरित कला बेग्लै अनुभव हुन्छ । यही अनुभव म आफ्ना हरेक कपडामा अंगिकार गर्न चाहन्छु,’ उनले भनिन्, “त्यस्तो प्रत्येक कपडामा मेरो केही हिस्सा छ, मेरो विगतको केही किस्सा छ, मेरो अनुभवको केही हिस्सा छ, जसले मलाई ‘म’ बनाएको छ ।”

सोलाई चाहिँ रचना गुरुङले डिजाइन गर्दै छिन् । गुरुङले भनिन्, ‘फेसन भनेकै सबै डिजाइनमा भर पर्छ । दलजितका डिजाइनहरू उत्कृष्ट हुन्छन् ।’

दलजित आठ वर्षदेखि नेपाली फेसन उद्योगमा छिन् । नेपालको अतिरिक्त उनका प्रदर्शनीहरू भारत र बंगलादेशमा पनि भएका छन् । ‘ट्रेसेम्मे’ ले यो सो प्रस्तुत गर्न लागेको हो भने सोलाई नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गर्दै छ । १९२ फिट लामो कलात्मक स्टेजमा, आस्था पोखरेल, पूर्व मिस नेपाल युनिभर्स नगमा श्रेष्ठ, सविता कार्कीलगायत २४ व्यवसायी तथा चर्चित मोडल दलजितले डिजाइन गरेका पहिरनमा सजिने इभेन्ट निर्देशक रवि धमलाले जनाए ।

प्रकाशित : जेष्ठ १, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?