कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लाउरे र विपुल डिप्लो र मोसँग

काठमाडौँ — यस वर्ष टुबोर्ग ओपनमा डिजे डिप्लो र डेनिस गायिका मोसँग नेपाली संगीततर्फ र्‍यापर लाउरे र गायक विपुल क्षेत्रीले सहकार्य गर्ने भएका छन् ।

लाउरे र विपुल डिप्लो र मोसँग

टुबोर्ग ओपनको यस अभियानमा एउटै विश्वव्यापी सन्देशसहित विश्वभरका प्रत्येक कलाकारले
आफ्नो स्थानीय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरूका साथ गाउँदै छन् । डिजे डिप्लो र मोले ‘स्टे ओपन’ नामक ट्र्रयाक रचना गरेका छन्, जसमा विश्वभरका संगीतकर्मीहरूलाई ‘ओपन टु मोर’ हुनुको औचित्य आफ्नै शब्दमा प्रस्तुत गर्न निम्त्याइएको छ ।

र्‍यापर लाउरेले भने, ‘यस पटक टुबोर्ग ओपनले विश्वभरका संगीतकर्मीलाई एउटा ओपन अन्तर्राष्ट्रि्रय मञ्चमा ल्याएको छ । डिप्लो, मो र विपुलसँग काम गर्न पाउँदा म उत्साहित छु ।’

विपुलले आफ्ना लागि संगीत भनेको खुला सोच बनाउनुभएको टिप्पणी गर्दै यसबिना आफूले कला सिर्जना गर्न नसक्ने बताए ।

उक्त विश्वव्यापी ट्र्रयाक मे ११ मा रिलिज भएको थियो । स्थानीय ट्र्रयाकहरू भने जुनमा रिलिज हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : जेष्ठ ४, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?