अलंकारका गीत

काठमाडौँ — अजय अलंकार कुलुङ नयाँ एल्बम ‘सानीवा’ (हृदय) सहित आएका छन् । किराती कुलुङ भाषाको उक्त एल्बमको गायककै ७७ वर्षीया आमा फैलीमाया कुलुङले राजधानीमा सार्वजनिक गरिन् ।

अलंकारका गीत

अलंकारको यो पाँचौं एल्बम हो । एल्बममा पाँच गीत छन् ।

एल्बममा गायिका आभा मुकारुङ, रूपकुमार राई, कला राई, अजय अलंकार, राजेन्द्र केरुङ, माया कुलुङ, उषा थुलुङ, क्षितिज कुलुङको स्वर छ । संगीत अलंकारलाई सन्तोष सुब्बा र उत्तर आलेमगर पनि सघाएका छन् । भिडियामा भने रिना लिम्बू, सृजन कुलुङ, फैलीमाया कुलुङ र अलंकार स्वयंले अभिनय गरेका छन् ।

प्रकाशित : असार २८, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?