१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘सोनाम ग्याल्मो’ लाई साथ

काठमाडौँ — राणा प्रधानमन्त्री जंगबहादुरको मृत्युसम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमा आधारित नाटक ‘सोनाम ग्याल्मो’ लाई विभिन्न व्यक्तिको साथ मिलेको छ ।

‘सोनाम ग्याल्मो’ लाई साथ

राजधानीको शिल्पी थिएटरमा असार ११ गतेदेखि २८ सम्म मञ्चन भएको नाटकले तामाङ संस्कृति र इतिहासको भिन्न पाटो बाहिर ल्याएको भन्दै युवा संघका केन्द्रीय कोषाध्यक्ष अमित लामा र पूर्वसभासद तीर्थ लामाले जनही २० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, प्राज्ञ निमा ग्याम्जो लामाले १५ हजार, यति फाउन्डेसन यूकेका पूर्वअध्यक्ष निमा लामा योञ्जनले १० हजार, व्यवसायीद्वय श्याम लामाले र मीनबहादुर लामाले क्रमश: १० हजार र ५ हजार रुपैयाँ प्रदान गरे ।

सेलो थिएटरको प्रस्तुति रहेको नाटक फूलमान वलले लखेका हुन् भने सोनाम मोक्तानले निर्देशन गरेका हुन् । ‘नाटकले इतिहासमा लुकिबसेको रहस्यमय तथ्यहरूलाई उत्खनन गर्ने कोसिस गरेको रहेछ,’ सहयोग हस्तान्तरण गर्दै अमितले भने, ‘कलाकारहरूको मिहिनेतलाई ऊर्जा थप्न खोजेको हुँ ।’ बेलायत बस्दै आएका निमा लामा योञ्जनले पनि नेपाली रंगमञ्चमा अग्र्यानिक विषयवस्तुसहितको नाटकले तामाङ विवाह परम्पराको सांस्कृतिक पक्षलाई मनछुने तरिकाले उठाएको दाबी गरे ।

यही नाटकबाट तामाङ फिल्म अभिनेत्री चाँदनी मोक्तान, गायकद्वय फूलकुमार बमजन र सुसन लामा रंगमञ्चमा प्रवेश गरेका हुन् । मुख्य पात्र सोनाममा निर्देशक स्वयंले खेलेका छन् भने ग्याल्मोको भूमिकामा शान्ति वाइबा छिन् । यसबाहेक निकिता वाइबा, निशा पाख्रिन, मातृका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सञ्जीव राई, देविन चौधरी, विजय टुबा, सुनील तामाङ, साजन लामाले अभिनय गरेका छन् ।

प्रकाशित : श्रावण १, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?