अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले माटाको सानो पाला बनाइन् । अनि मुसुक्क हाँसिन् । बल्ल उनको चिनियाँ परिचय खुल्यो । भक्तपुरको पोट्री पार्कमा केही दिनयता २६ वर्षीया लिली माटाका भाँडा बनाउने कला सिक्दै छिन् ।
हाकुपटासी अर्थात् कालो फरिया । नेवार समुदायको मौलिक पोसाक हो यो । कुनै बेला उपत्यकाका हरेक घरमा हाकुपटासी बुन्ने एउटा घरबुना तान हुने गर्थ्याे । उपत्यकाका घुम्दा हाकुपटासी लगाएका महिलाहरू टन्नै भेटिन्थे । आफूले लगाउने लुगा आफैं बुन्दै नेवार समुदायको कैयौं पुस्ता हुर्कियो ।
१९६० को दशकलाई आधुनिक कलाको सुनौलो समय मानिन्छ । यस धारमा वरिष्ठ चित्रकार लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्गदेखि रामानन्द जोशी, वत्सगोपाल वैद्य, गेहेन्द्रमान अमात्य, इन्द्र प्रधान, कृष्ण मानन्धर, मनुजबाबु मिश्र, शशीविक्रम शाह, शशीकला तिवारी, केके कर्माचार्य लगायतको ठूलो योगदान छ ।
उत्तरी छिमेकी चीन वस्तु उत्पादन र बिक्रीमा मात्रै अग्रणी छैन । उसले आफ्नो सांस्कृतिक परिधि पनि विस्तार गर्न थालेको छ । हुन त चिनियाँ फिल्महरू यसअघि नै विश्वभर लोकप्रिय थिए, तर अब चिनियाँ नाटकको पनि बजार बढाउन थालिएको छ ।
स्टोर रुमदेखि आर्ट स्टुडियोसम्म शारदा चित्रकार व्यग्रताका साथ केही खोजिरहेकी थिइन् । बुधबार दिउँसो भएजतिका दराज खोतल्दा पनि उनले त्यो वस्तु भेटिनन् । सुन हराए जस्तैको मनोदशामा खोजी भइरहेको त्यो वस्तु के होला ?
लम्बाइ, चौडाइ र गहिराइ नाप्न नमिल्ने चीज के होला ? उत्तर हो— कला । तर, डिजिटल मिडियाको विकाससँगै कला पनि चारै कोणबाट ‘तौलिन’ मिल्ने भएको छ । डिजिटल वा थ्रीडी आर्टले कलामा नयाँ आयाम थपेको छ ।
‘मलाई थाहा छ, तिमीलाई के चाहिन्छ ?’ यिनै शब्दहरूसहित कालो प्लेकार्ड बोकेर चित्रकार अस्मिना रञ्जित अघिल्तिर उभिइन् । उनको पर्फमेन्स आर्ट हेर्न भेला भएकाबीच कानेखुसी चल्यो । धेरैले धेरैथरी अड्लबाजी गरे ।
सरकारी जागिरबाट निवृत्त ६२ वर्षीय कलाकार डिल्लीकृष्ण आले रंग र कुचीसँग रमाउन थालेको पनि धेरै भइसक्यो । बाल्यकालदेखि चित्रकलामा रमाउने आले जागिरे जीवनमा समेत चित्रकलामा सक्रिय नै थिए ।
२०४६ को राजनीतिक परिवर्तनपछि उनी आफ्नै घरलाई गुफाजस्तो बनाएर बसे । सार्वजनिक सभा–समारोहमा कतै देखिएनन् । वरिपरि कलाकृति सजिएको, बौद्धको महांकालस्थित बगैंचासहितको बासस्थानलाई नाम दिए— हर्मिताज ।