मप्यारी नापित शोकमा छिन् । भक्तपुरको याछेँकी उनले गत साउन २१ मा ३८ वर्षेे भदा गुमाइन् । शोक मनाउने फुर्सद भने पाएकी छैनन् उनले । नजिकिँदै गरेको साँपारु अर्थात् गाईजात्रामा दिवंगत भदाको गाई बनाउन आवश्यक सामग्री जुटाउन उनी व्यस्त छिन् ।
बंगलादेशको राजशाही विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ शास्त्रीय गायक डा. असित रोय र डा. पदमनी दे अहिले नेपालमा छन् । उनीहरू यहाँका वाद्यवादकसँग मिलेर विभिन्न रागहरूको प्रस्तुति दिइरहेका छन् ।
बिहान चियाको चुस्की लिँदै गर्दा होस् या दिनभरिको कामले गलेका बेला, कलाकार सौरगंगा दर्शनधारी जसै लिभिङ रुममा पुग्छिन्, उनको आधा थकान पर भाग्छ । भित्तामा राखिएका चित्रहरू भिन्नै आनन्द पाउँछिन् उनी । कालोपुल घर भएकी उनी थकान मेट्न लिभिङ रुममा घण्टाैं बिताउने गर्छिन् ।
तपाईंको बसोबास भित्री काठमाडौंमा छ भने अचेल मीठो धूनसँगै बिहानीको सुरुवात गर्न सकिन्छ । यो धुन साँच्चै कति मीठो हुन्छ भने यसले बिहानको समयलाई नै ताजा र फुर्तिलो बनाउने गर्छ ।
अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले माटाको सानो पाला बनाइन् । अनि मुसुक्क हाँसिन् । बल्ल उनको चिनियाँ परिचय खुल्यो । भक्तपुरको पोट्री पार्कमा केही दिनयता २६ वर्षीया लिली माटाका भाँडा बनाउने कला सिक्दै छिन् ।
हाकुपटासी अर्थात् कालो फरिया । नेवार समुदायको मौलिक पोसाक हो यो । कुनै बेला उपत्यकाका हरेक घरमा हाकुपटासी बुन्ने एउटा घरबुना तान हुने गर्थ्याे । उपत्यकाका घुम्दा हाकुपटासी लगाएका महिलाहरू टन्नै भेटिन्थे । आफूले लगाउने लुगा आफैं बुन्दै नेवार समुदायको कैयौं पुस्ता हुर्कियो ।
१९६० को दशकलाई आधुनिक कलाको सुनौलो समय मानिन्छ । यस धारमा वरिष्ठ चित्रकार लैनसिंह बाङदेल, उत्तम नेपाली, उर्मिला गर्गदेखि रामानन्द जोशी, वत्सगोपाल वैद्य, गेहेन्द्रमान अमात्य, इन्द्र प्रधान, कृष्ण मानन्धर, मनुजबाबु मिश्र, शशीविक्रम शाह, शशीकला तिवारी, केके कर्माचार्य लगायतको ठूलो योगदान छ ।
उत्तरी छिमेकी चीन वस्तु उत्पादन र बिक्रीमा मात्रै अग्रणी छैन । उसले आफ्नो सांस्कृतिक परिधि पनि विस्तार गर्न थालेको छ । हुन त चिनियाँ फिल्महरू यसअघि नै विश्वभर लोकप्रिय थिए, तर अब चिनियाँ नाटकको पनि बजार बढाउन थालिएको छ ।