कला
भाद्र ११, २०७५

साझा बन्दै सारंगी

सारंगीवादक श्याम नेपालीले औपचारिक रूपमा यो बाजा बजाउन थालेको २० वर्ष पुगिसकेको छ । उनी केही वर्षयता अमेरिका छन्, जहाँ गजलकार सुरेश वाग्ले लगायतसँग मिलेर ‘हिमालयन हेरिटेज कल्चरल एकेडेमी’ सुरु गरेका छन् ।

क्वाँटी अर्थात् तातो झोल

क्वाँटी अर्थात् तातो झोल । जनैपूर्णिमा अर्थात् गुन्हीपुन्हीको दिन नेवार समुदायमा विभिन्न थरीका नौ गेडागुडीको टुसा उमारी क्वाँटी पकाएर खाने चलन छ । सानो–ठूलो केराउ, मास, मुगी, मस्याङ, बोडी, भटमास, बकुल्ला, चनालगायत नौ थरीका गेडागुडी मिसाएर क्वाँटी बनाउने गरिन्छ ।

भाद्र १०, २०७५

खबर हराएको चिठी

काठमाडौंबाट केही थान रंगकर्मी हराएका छन् । उनीहरू कहाँ छन्, के गर्दै छन् धेरैलाई अत्तोपत्तो छैन । केही दिनयता हराएका देशभरका १४ युवा निर्देशक यतिखेर पोखरामा भेटिन्छन् ।

भाद्र ९, २०७५

गाईजात्रामा जे नभई हुन्न

मप्यारी नापित शोकमा छिन् । भक्तपुरको याछेँकी उनले गत साउन २१ मा ३८ वर्षेे भदा गुमाइन् । शोक मनाउने फुर्सद भने पाएकी छैनन् उनले । नजिकिँदै गरेको साँपारु अर्थात् गाईजात्रामा दिवंगत भदाको गाई बनाउन आवश्यक सामग्री जुटाउन उनी व्यस्त छिन् ।

सहरमा बंगलादेशी स्वर

बंगलादेशको राजशाही विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ शास्त्रीय गायक डा. असित रोय र डा. पदमनी दे अहिले नेपालमा छन् । उनीहरू यहाँका वाद्यवादकसँग मिलेर विभिन्न रागहरूको प्रस्तुति दिइरहेका छन् । 

भाद्र ८, २०७५

चित्रकारहरूले नै किन्छन् चित्र

बिहान चियाको चुस्की लिँदै गर्दा होस् या दिनभरिको कामले गलेका बेला, कलाकार सौरगंगा दर्शनधारी जसै लिभिङ रुममा पुग्छिन्, उनको आधा थकान पर भाग्छ । भित्तामा राखिएका चित्रहरू भिन्नै आनन्द पाउँछिन् उनी । कालोपुल घर भएकी उनी थकान मेट्न लिभिङ रुममा घण्टाैं बिताउने गर्छिन् ।

भाद्र ७, २०७५

महाभारतको सिङमाङ सोलुखुम्बुको फिफी

तामाङहरू महाभारत लेकलाई ‘म्हाबर’ भन्छन् । यही म्हाबरबाट बुधबार सिङमाङ, ठेकी, थारा (कपडा बुन्ने तान), डम्फूजस्ता पुराना बाजागाजासहितका सामग्री सहर ल्याइपुर्‍याइएको छ ।

एउटा सांगीतिक यात्रा

तपाईंको बसोबास भित्री काठमाडौंमा छ भने अचेल मीठो धूनसँगै बिहानीको सुरुवात गर्न सकिन्छ । यो धुन साँच्चै कति मीठो हुन्छ भने यसले बिहानको समयलाई नै ताजा र फुर्तिलो बनाउने गर्छ ।

भाद्र ५, २०७५

आफ्नाको हेला, विदेशीको चासो

अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले माटाको सानो पाला बनाइन् । अनि मुसुक्क हाँसिन् । बल्ल उनको चिनियाँ परिचय खुल्यो । भक्तपुरको पोट्री पार्कमा केही दिनयता २६ वर्षीया लिली माटाका भाँडा बनाउने कला सिक्दै छिन् ।

भाद्र ४, २०७५