कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उडिसामा ‘तलेजु’

काठमाडौँ — भारतको उडिसामा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै अचेल नाटय समूहको ‘तलेजु’ मञ्चन हुँदै छ । अजित अर्यालको परिकल्पना, पटकथा, संवाद र निर्देशन रहेको यो नाटकले तलेजु भवानी र कुमारी राख्ने परम्पराको ऐतिहासिकतालाई समातेको छ ।

उडिसामा ‘तलेजु’

महोत्सवको पहिलो दिन सेप्टेम्बर १ मै ‘तलेजु’ मञ्चन हुने निर्देशक अर्यालले बताए । ‘कुमारी राख्ने चलन त सबैलाई थाहा छ, तर के किन र कसरी कुमारी राख्ने चलन भयो भनेर धेरैलाई थाहा नहुन सक्छ,’ उनले भने, ‘त्यसैले यो नाटक बनाएका हौं । मुलुक बाहिरका दर्शकका लागि नाटक झन् रोचक बन्नेछ भन्ने हाम्रो अपेक्षा छ ।’


महोत्सवबाट फर्केपछि नाटकलाई राजधानीमा नियमित मञ्चनमा ल्याइने पनि उनले जनाए ।
नाटकमा कान्तिपुरका राजा जयप्रकाश मल्ल, नुवाकोटमा पृथ्वीनारायण शाहले आक्रमण गर्दाको सन्दर्भ, तलेजु भवानीको शक्ति, राजा जयप्रकाशले सपनामा तलेजु भवानीसित जुवा खेलेको सन्दर्भदेखि कुमारी परम्परासम्म समेटिएको उनले बताए ।


डेनी मिश्र र अजित अर्यालको कथा संकलन रहेको नाटकमा देवीको भूमिका स्नेहा दाहालले गरेकी छन् भने राजाको भूमिका डेनी मिश्रले निर्वाह गरेका छन् । त्यसैगरी काशीरामको भूमिका नवराज खड्काले गरेका छन्, सूत्रधार लाखेको भूमिका सागर कान्छो छन् । दीपिका ढुंगाना, रोशन कटवाल, सागर मगर र नेत्र मगरको पनि भूमिका रहेको निर्देशक अर्यालले बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?