भदौरे झरीले भत्के/बिग्रेका बाटाघाटा बनिसके । मठमन्दिरदेखि घरआँगनसम्म चिटिक्क छन् । वारि डाँडा र पारि डाँडामा भोक्कर, नरसिंह, बिगुल, मृदंग र दमाहा गुञ्जिन थालेका छन् । यो गुञ्जन यति बेला गौरा पर्वले लिएर आएको हो ।
क्षिजितमा हल्का हुस्सु, हरिया डाँडाकाँडा अनि हुस्सुमुनि झुरुप्प बस्ती । धुलिखेलको देवीस्थान डाँडाबाट चित्रकार केशवराज खनालले ड्रइङ पेपरमा वाटर कलर पोत्दै भने, ‘हुस्सुमुनिको यी घरहरूमा अझ रंग पोत्न बाँकी छ, काठमाडौं फर्केपछि थप चम्काउँछु ।’
लिम्बू समुदायको कला, संस्कृति र जनजीवन नियाल्न पूर्वी नेपाल पुगिरहनु पर्दैन । किरात याक्थुङ चुम्लुङले ललितपुर महानगरपालिका–१४ शोभाहिटीस्थित चुम्लुङ हिम (कार्यालय) मा प्रदर्शनी सुरु गरेको छ ।
एक हप्ताअघिसम्म दिल्लीको भिजुअल आर्ट ग्यालरी, इन्डिया रिहयाबिटाट सेन्टरमा नेपालका राणा प्रधानमन्त्री देवशमशेर र उनको परिवारका ऐतिहासिक तस्बिर प्रदर्शनीमा राखिएका थिए ।
भारतको उडिसामा हुन लागेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै अचेल नाटय समूहको ‘तलेजु’ मञ्चन हुँदै छ । अजित अर्यालको परिकल्पना, पटकथा, संवाद र निर्देशन रहेको यो नाटकले तलेजु भवानी र कुमारी राख्ने परम्पराको ऐतिहासिकतालाई समातेको छ ।
शिरमा मयूर कल्की, छातीमा घण्टमाला । हरेक जनैपूर्णिमाको दिन ढयाङग्रो बजाउँदै कुण्ड या पोखरीतिर नाच्दै हिँडेका देखिन्छन् झाँक्रीहरू । यो दिन तामाङ समुदायको गोने ङहया पर्व हो ।
सारंगीवादक श्याम नेपालीले औपचारिक रूपमा यो बाजा बजाउन थालेको २० वर्ष पुगिसकेको छ । उनी केही वर्षयता अमेरिका छन्, जहाँ गजलकार सुरेश वाग्ले लगायतसँग मिलेर ‘हिमालयन हेरिटेज कल्चरल एकेडेमी’ सुरु गरेका छन् ।
क्वाँटी अर्थात् तातो झोल । जनैपूर्णिमा अर्थात् गुन्हीपुन्हीको दिन नेवार समुदायमा विभिन्न थरीका नौ गेडागुडीको टुसा उमारी क्वाँटी पकाएर खाने चलन छ । सानो–ठूलो केराउ, मास, मुगी, मस्याङ, बोडी, भटमास, बकुल्ला, चनालगायत नौ थरीका गेडागुडी मिसाएर क्वाँटी बनाउने गरिन्छ ।