कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सलाम बुबा !

काठमाडौँ — बुबाको साथ नभइदिएको भए सायद दीपकराज गिरी कला क्षेत्रमा आउने नै थिएनन् । यद्यपि कुनै समय उनका बुबा दीपकलाई कला क्षेत्रमा प्रवेश नगरेकै राम्रो पनि भन्थे । तर, दीपकको जिद्दीसामु बुबाको पनि जोर चलेन ।

सलाम बुबा !

‘बुबाले कला क्षेत्रमा नलाग् भन्दाभन्दै पनि मलाई अगाडि बढ्न कहिल्यै आर्थिक अभाव हुन दिनुभएन,’ दीपकले बुबाको मुख हेर्ने दिन आइतबार बुबाको गुणगानमा भने, ‘त्यसैले उहाँलाई म मेरो ब्याकअप भन्छु ।’


सिनामंगलस्थित घरमा बुबासँगै बस्दै आएका दीपकले आइतबार बिहानै मिठाई खुवाएर बुबाको मुख हेरे । परिवारसहितको तस्बिर फेसबुकमा राख्दै उनले कुशे औंसीको खुसियाली मनाए । ‘बुबाको आशीर्वाद लिँदै हामी परिवार’ लेखेर उनले सबै बुबाप्रति नमन समेत गरेका छन् ।


दीपकका अनुसार एउटा सन्तान हुर्काउन जति आमाको भूमिका हुन्छ, उति नै बुबाको पनि गहन जिम्मेवारी हुन्छ । उनले आफ्नो बाल्यकाल सम्भँmदै भने, ‘सानैदेखि साह्रै जिद्दी थिएँ, यही जिद्दी भएरै कलाकार बने । बुबाले अहिले ठिकै गरिछस् छोरा भन्नुहुन्छ ।’


अभिनेत्री प्रियंका कार्कीले फेसबुकमा बुबासँगको तस्बिर अपलोड गर्दै लामो क्याप्सन पनि लेखेकी छन् । क्याप्सनमा बुबाले आफूमाथि गरेको माया र योगदानको चर्चा गरेकी छन्, ‘धन्यवाद बुबा, मलाई लडेर उठाउनुभएकोमा, मलाई परिष्कृत गर्नुभएकोमा र फेरि प्रयास गर्न दिनुभएकोमा । र, सधैं मलाई आफ्नो बाटो रोज्न दिनुभएकोमा ।’ प्रियंकाले स्टाटसमा बुबाले स्वतन्त्र भएर आफ्नो करिअर स्थापित गर्न दिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएकी छन् ।


अनमोल केसी र भुवन केसी दुवै जनाले आ–आफ्ना बुबाको मायामा स्टाटससहित फोटो राखेका छन् । फिल्ममा बुबाको करिअर पछ्याउँदै आएका अनमोल अहिलेका सफल अभिनेतामा गनिन्छन् । अनमोलले बुबाको साथ र माया नपाएको भन्ने कुनै छनक देखिँदैन । हरेक कार्यक्रम र फिल्ममा भुवनले अनमोलको साथ दिएका छन् । यी बाबुछोराबीच माया निकै गाढा देखिन्छ । बुबाको मुख हेर्ने दिन अनमोलले बुबा र आफ्नो तस्बिर पोस्ट गरे । ‘हेर्दा जति अग्लो देखिए पनि तिम्रो बुबा विशेष हुन्छ×’ भन्ने भावको स्टाटससहित उनले ‘आई लभ यु बाबा’ लेखेका छन् । त्यस्तै, भुवनले पनि आफ्ना बुबाको फोटो फेसबुकमा राखेर ‘हयाप्पी फादर्स डे’ लेखेका छन् ।

प्रकाशित : भाद्र २५, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?