ब्लग
चैत्र २८, २०७५

नेपाल कसो नबन्ला लक्जम्बर्ग ?

सन्दर्भ सन् २०१८ डिसेम्बरको अन्तिम साता हो । पुरानो वर्षलाई बाइबाई गर्दै सबै युरोपियनहरु नयाँ वर्षको सुस्वागतको प्रतीक्षामा थिए । म पनि 'पशुपतिको यात्रा सिद्राको व्यापार' भनेझैं नयाँ वर्षको स्वागत र आफन्तहरुसँग भेटभाट गर्ने निहुँमा इटालीबाट लक्जम्बर्ग भ्रमणमा निस्किएको थिएँ । झिलिमिली साँझले अंग्रेजी नयाँ वर्ष र क्रिसमसकालीन समयको उल्लास बढाउँदै थियो ।

चैत्र १७, २०७५

'यूएईमा जालीहरु पनि छन्'

'एक जना नेपालीलाई अजमान प्रहरीले पक्राउ गरेको छ, कहाँ राखेको छ थाहा छैन । दूतावासमार्फत सहयोग गरिदिनु पर्‍यो सर !', सुशीलजीले फोनमार्फत सहयोगको लागि अनुरोध गर्नुभयो । मैले घटनाबारे तुरुन्त नेपाली दूतावासमा जानकारी गराएँ । दूतावासमार्फत उनको बारेमा खोजी गरियो । अहिले पनि रिहाईको लागि आवश्यक सहयोग र पहल जारी छ ।  

फाल्गुन २१, २०७५

सम्झनामा आङछिरिङ दाइ : उहाँ विना मेरो अभियान पुरा हुने थिएन 

डेढ दशक अघिको कुरा, त्यति बेला म कान्तिपुर दैनिकमा आबद्ध थिएँ । कामकै सिलसिलामा यति एयरलायन्सका मालिक आङछिरिङ सेर्पासँग भेट भयो । त्यो दिन मुलुकका धेरै सफल व्यवसायीहरू भेला भएका थिए । त्यसअघि उहाँसँग सामान्य चिनजान भए पनि त्यो दिन १० मिनेट जति  कुराकानी भयो । त्यही भेटले हाम्रो राम्रो चिनजान भएको थियो ।

संसद्‌मा मेरो पहिलो वर्ष अनुभव : सिक्दैमा सकियो

मानिसले भने र भनिरहेका छन्, ‘भाग्यमानी मान्छे, चिट्ठा पर्‍यो, आदि ।' म लोकतान्त्रिक प्रवृत्तिको मान्छे, म त्यस्तो कडा नास्तिक र भौतिकवादी पनि होइन । मठमन्दिर, पूजापाठ, धर्म संस्कृति, रितिरिवाज लगायतका परिवेशमा जेलिलिएर जन्मे, हुर्के, बढेको मान्छे । पोहोर साल यसै ताकाको कुरो, माघ महिनातिर एक महिनाभर श्री स्वस्थानी कथा वाचन र श्रवण गर्ने समय र प्रचलन । जहाँ नवराजलाई हात्तीले माला लगाई दिएको भरमा राजा भएको महिमा भएको समय र पृष्ठभूमिमा भाग्यमानीको रूपमा चर्चा हुँदा समय र मनोविज्ञानलाई सबैजसो मानिसहरूबाट मलाई यसरी नै लिइयो । म अपाङ्गता भएको व्यक्ति राष्ट्रियसभाको सांसद हुँदाको चर्चा परिचर्चा ।

फाल्गुन १४, २०७५

किन भइरहेको छ अमेरिकामा नेपालीमाथि शृङखलाबद्ध आक्रमण ?

अलिकति आशा र उत्सुकता, अलिकति निराशा, अलिकति भ्रम अनि अलिकति यथार्थताको समिश्रण बोकेर अमेरिका प्रवेश गरेका थुप्रै नेपालीहरूले विगत केही वर्षयता अनाहकमा मृत्युवरण गर्नुपरेको कारूणिक र अप्रिय घटनाहरू चरणबद्द रूपमा बढिरहेका छन् ।

फाल्गुन ९, २०७५
ADVERTISEMENT

जब छिमेकीले नै नेपाल कहाँ पर्छ भनेर सोध्छन्.....

म एक अदक्ष विदेशी श्रमिकका रूपमा दक्षिण कोरिया पुगेको सुरु-सुरुमा यहाँका नागरिकहरूले तेरो देशमा टिभी छ? कम्प्युटर छ? भात पाउँछ? गाडी छ?  रेल छ? जस्ता हेपाहा प्रवृत्तिका प्रश्नहरू गर्थे ।

फाल्गुन २, २०७५

जसले मलाई प्रेमको अर्थ सम्झाए 

मैले काम चलाऊ परिवार धेरै देखेको छु । हेर्दा गजबको देखिन्छ, श्रीमान् राजा,  श्रीमती रानी । बच्चाहरू राजकुमार, राजकुमारी । श्रीमान् र श्रीमती राती ओछ्यानमा सँगै  हुन्छन् तर दुईबीच दुरी कहिल्यै कम गर्न नसकिने हुन्छ ।

माघ २६, २०७५

सत्य सुन्ने सहास खै ?

अहिलेको नेपाली संक्रमणकालीन द्वन्द्वको बहस तथा न्यायको सन्दर्भ बुझ्न यसको ऐतिहासिक पृष्ठभूमि र सत्यनिरूपण तथा बेपत्ता पारिएकाहरुको खोजीको सन्दर्भ पर्गेल्नु पर्छ । संक्रणकालीन न्यायले दिने के हो त ? सत्यनिरूपण तथा बेपत्ता आयोग किन ?

पुस १०, २०७५

नेपाली मोह, अमेरिकी भोगाइ

अधिकांश नेपालीहरूको सपनाको देश मानिने अमेरिका जान ज्यानै जोखिममा पार्नेको पनि कमी छैन् । लाखौँलाख खर्चेर अमेरिका जान मानिसहरु सहजै तयार हुन्छन् । एक वर्षअघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका उदाहरण प्रशस्त छन् ।