अर्थ / वाणिज्य

Business

उत्कृष्ट होमस्टेलाई शनिबार पर्यटनमन्त्रीले पुरस्कृत गर्ने

वाग्मती प्रदेशका होमस्टेहरुको शनिबार नुवाकोटमा सम्मेलन गर्न गइरहेको तारागाउँ विकास समितिले उत्कृष्ट होमस्टे (घरबास) लाई पुरस्कृत गर्ने भएको छ ।

उत्कृष्ट होमस्टेलाई शनिबार पर्यटनमन्त्रीले पुरस्कृत गर्ने

रेमिट्यान्सबाट देश विकास हुँदैन : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले काम गर्ने युवा जनशक्तिले विदेश गई पठाएको रेमिट्यान्सबाट देश विकास हुन्छ भन्नेमा आफूलाई विश्वास नरहेको बताएका छन् । विदेशमा काम गरिरहेका नेपालीबाट रेमिट्यान्स आउनुपर्ने हो त्यसको आधा मात्रै आइरहेको भन्दै मन्त्री अर्यालले त्यसबारे अध्ययन भइरहेको पनि बताएका छन् । 

रेमिट्यान्सबाट देश विकास हुँदैन : श्रममन्त्री अर्याल

विद्युत् आयातबाट निर्यात गर्नेमा परिणत हुनु महत्त्वपूर्ण : राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक विद्युत् आयात गर्ने देशबाट निर्यात गर्ने देशका रूपमा परिणत हुनु महत्त्वपूर्ण रहेकेा बताएका छन् । भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो-२०२४ उद्घाटन गर्दै बिहीबार राष्ट्रपति पौडेलले यो सबैका लागि गौरव र खुसीको विषय रहेको उल्लेख गरेका हुन् । 

विद्युत् आयातबाट निर्यात गर्नेमा परिणत हुनु महत्त्वपूर्ण : राष्ट्रपति पाैडेल

क्षतिग्रस्त आयोजनाको संस्थापक सेयर बिक्री गर्न सांसद खड्काको दबाब

गत जेठ र असारमा नेपालीको पूर्वी भागमा गएको बाढी र पहिरोबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका संस्थापक सेयरधनीले कम्तीमा ५० प्रतिशत संस्थापक सेयर बिक्री गर्न नियामक निकायहरूलाई दबाब दिन थालेका छन् । सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक खड्कालगायत जलविद्युत् आयोजनाका सञ्चालकसमेत रहेका सांसदले ‘लकइन पिरियड’ (सेयर बिक्री गर्न नपाइने अवधि) नसकिएका आयोजनाको ५० प्रतिशत संस्थापक सेयर बिक्रीका लागि विद्यमान नियमावली परिमार्जन गर्न विभिन्न संसदीय समिति र मन्त्रालयमार्फत दबाब दिइरहेको पाइएको छ । 

क्षतिग्रस्त आयोजनाको संस्थापक सेयर बिक्री गर्न सांसद खड्काको दबाब

नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना

नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार सम्झौता भएको हो । 

नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना

सेयर भित्री कारोबार अनुसन्धान जिम्मा प्रहरीलाई

धितोपत्र बोर्ड (सेबोन) को अधिकार क्षेत्रभित्र रहँदै आएको भित्री कारोबार, झूटो वा कृत्रिम कारोबार, जालसाजीलगायत मुद्दाको अनुसन्धान अब प्रहरीले गर्ने भएको छ । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०३ लाई संशोधन गरेर सरकारले उल्लिखित विषयमा अनुसन्धान तथा कारबाही गर्ने अधिकार प्रहरीलाई दिएको हो । संशोधित व्यवस्था राजपत्रमा प्रकाशित भई ऐनको रूपमा कार्यान्वयनमा आइसकेको छ ।

सेयर भित्री कारोबार अनुसन्धान जिम्मा प्रहरीलाई

प्राधिकरणले एनसेलको सेयर बिक्रीलाई स्वीकृति नदिने

दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया कानुनसम्मत नभएको भन्दै स्वीकृति दिन अस्वीकार गरेको छ । कारोबार भएको ६ महिनापछि प्राधिकरणले एनसेललाई पत्र पठाउँदै यथास्थितिमा खरिद–बिक्रीलाई स्वीकृति दिन नमिल्ने जनाएको हो ।

प्राधिकरणले एनसेलको सेयर बिक्रीलाई स्वीकृति नदिने
वैशाख १२, २०८१

कृषि बिमा नरोक्न कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

कृषि बिमालेख बिक्री नरोक्न नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघि बिमा कम्पनीहरूले कृषि बिमामा अनुदानबापतको रकम सरकारबाट नआएको भन्दै बिमालेख बिक्री नगर्ने भन्दै सूचना जारी गरेका थिए ।

कृषि बिमा नरोक्न कम्पनीहरूलाई प्राधिकरणको निर्देशन

नेपालमा लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा अग्रवालले लगानीका लागि नेपाल उर्बर भूमि रहेको र बजारका हिसाबले समेत विश्वका दुई ठूला मुलुकबीच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने बताएका हुन् । 

नेपालमा लगानी बढाउन रसियाका उद्योगीलाई परिसंघको आग्रह

तेस्रो नवीकरणबापत नेपाल टेलिकमलाई एकमुष्ट १९ अर्ब तिर्न प्राधिकरणको निर्देशन

सेलुलर मोबाइल सेवाको अनुमतीपत्रको अवधि सकिन दुई हप्ता मात्रै बाँकी रहेका बेला नेपाल टेलिकमले तेस्रो नवीकरणबापत विगत पाँच वर्षदेखि बुझाउन बाँकी रहेको रकम एकमुष्ट दाखिल गर्नुपर्ने भएको छ । कम्पनीले नवीकरण दस्तुरबापत कुल २० अर्ब १३ करोड २८ लाख रुपैयाँमध्ये यसअघि १८ करोड ९० लाख रुपैयाँ मात्रै भुक्तान गरेको थियो ।

तेस्रो नवीकरणबापत नेपाल टेलिकमलाई एकमुष्ट १९ अर्ब तिर्न प्राधिकरणको निर्देशन

ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी

हिमालयन हाइड्रो एक्स्पो-२०२४ सुरु

विद्युतीय सवारी (ईभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा विद्युत् खपत बढाउने सन्देशसहित हिमालयन हाइड्रो एक्स्पो सुरु गरिएको हो । 

हिमालयन हाइड्रो एक्स्पो-२०२४ सुरु

नेप्से परिसूचक स्थिर, कारोबार रकम बढ्यो

सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार स्थिर रहेको छ । अघिल्लो दिनको तुलनामा ०.१५ अंकले सकारात्मक हुँदै १ हजार ९ सय ६९.१७ विन्दुमा बन्द भएको छ ।

नेप्से परिसूचक स्थिर, कारोबार रकम बढ्यो

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट 

नेपालका  बैंक तथा वित्तिय संस्थामार्फत निजी क्षेत्रसँगको सहकार्यमा नेपालको विभिन्न क्षेत्रमा लगानी गर्दै आएको वित्तिय विकास संस्था  (डेभलप्मेन्ट फाइनान्स इन्स्च्यिुसन)  को प्रतिनिधि मण्डलले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेको छ ।  

१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट 

पेट्रोलियम परियोजना कुन मोडालिटीमा बन्ला ?

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भारतको लगानीमा दुई वटा पाइपलाइन र एउटा ग्रिनफिल्ड टर्मिनल (भण्डारण गृह) बनाउने समझदारी भएको भएको थियो ।

पेट्रोलियम परियोजना कुन मोडालिटीमा बन्ला ?

भारतको परिपत्रले भन्सारमै थन्कियो नेपाली चिया

भारतको वाणिज्य मन्त्रालयबाटै नेपाली चियालाई शतप्रतिशत जाँच्न परिपत्र भएपछि पूर्वी नाका हुँदै भारत निर्यात भएका सयौं टन चिया यतिबेला मेचीपारि पानीट्यांकी भन्सार परिसरमा थन्किएको छ ।

भारतको परिपत्रले भन्सारमै थन्कियो नेपाली चिया

सेमिकन्डक्टर चिप उत्पादनमा वर्चस्व कायम गर्ने भारतको लक्ष्य

अटोमोबाइल, कम्प्युटर डिभाइस, मोबाइल फोन, डाटा सेन्टरदेखि चिकित्सा सामग्री र सैन्य हतियारहरूमा समेत प्रयोग हुने उन्नत किसिमका सेमिकन्डक्टर चिप उत्पादन र आपूर्ति शृंखलामा विश्वव्यापी वर्चस्व कायम गर्न देशहरूबीच होडबाजी चलिरहेको छ । केही वर्षयता अमेरिका र चीन चिप–युद्धमै उत्रिएका छन् ।

सेमिकन्डक्टर चिप उत्पादनमा वर्चस्व कायम गर्ने भारतको लक्ष्य