कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

महिला उद्यमीहरूको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ — दक्षिण एसियाली महिला विकास मञ्च (एसडब्लूडीएफ) र भारतको महिला उद्यमीहरूको संगठन (एएलईएपी इन्डिया) को संयुक्त आयोजनामा महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधि हबले भारतको विशाखापट्टनममा महिला उद्यमीहरूबारे ‘इनोभेसन, इन्क्युबेसन एन्ड इन्डस्ट्रियलाइजेसन’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । 

महिला उद्यमीहरूको अन्तर्राष्ट्रिय सम्मेलन

जनवरी १६ देखि १९ सम्म आयोजित सम्मेलनमा महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधि हब (डब्लूटीएच) का लागि एउटा समझदारीपत्रमा हस्ताक्षरसमेत भएको जारी विज्ञप्तिमा उल्लेख छ ।


समझदारीपत्रमा एसएडब्लूडीएफ र एएलईएपी इन्डियाका पदाधिकारी तथा भारत आन्ध्रप्रदेश राज्यका उद्योग तथा वाणिज्य विभागका मन्त्री अमरनाथ रेडीले हस्ताक्षर गरेको आयोजकले जनाएका छन् ।

सम्मेलनको उद्देश्य व्यापार सूचना, क्षमता अभिवृद्धि, उत्पादक बजार र राम्रो व्यवहारहरूका साथ क्षेत्रीय व्यापारमा महिलाहरूको सहभागिता बढाउने पनि रहेको थियो । व्यापार केन्द्र, क्रस कन्ट्री , क्षेत्रीय तथा विश्व बजारमा व्यापारलाई बलियो बनाउनुपर्नेमा सम्मेलनमा ध्यानाकर्षण गरिएको थियो ।


नेपाल, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स र श्रीलंकाका ४० जना महिला उद्यमीको सहभागिता रहेको उक्त सम्मेलनमा आन्ध्रप्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नाइडुको समेत उपस्थिति थियो । नेपालबाट एएसडब्लूडीएफकी अध्यक्ष प्रमिला आचार्य रिजालको नेतृत्वको टोलीले सम्मेलनमा सहभागिता जनाएको थियो ।

प्रकाशित : माघ ७, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?