१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फाइदा गराउँछु भन्दै म्यासेज गर्नेलाई धितोपत्र बोर्डले गरायो जरिवाना

प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार जरिवाना

काठमाडौँ — व्यवसायिक आचरण पालन नगरेको भन्दै धितोपत्र बोर्डले प्रज्ञान सेक्यूरिटिज (ब्रोकर नम्बर १०) लाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

फाइदा गराउँछु भन्दै म्यासेज गर्नेलाई धितोपत्र बोर्डले गरायो जरिवाना

उक्त कम्पनीको विराटनगरस्थित शाखाबाट व्यवसायिक आचरण विपरित काम भएको पुष्टि हुन आएकाले आर्थिक जरिवाना गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रज्ञान सेक्यूरिटिजले ०७३ चैतदेखि विराटनगरमा शाखा कार्यालय स्थापना गरी कारोबार गर्दै आएको छ । उक्त शाखाका प्रमुखले गत जेठ ४ गते हुने सिभिल बैंकको साधारण सभाअगावै सेयर किन्नुहोस्, ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्ने आसयको भाइवर म्यासेजमा ग्रुप बनाएर जानकारी पठाएको देखिएको सम्बन्धमा बोर्ड छनविन गरेको थियो । छनविनको क्रममा दोषि देखिएपछि कारवाही स्वरुप आर्थिक जरिवाना गरिएको जनाइएको छ ।


धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय संचालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेखहरु राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय संचालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नेलगायत काम गरी व्यवसायिक स्तर कायम गर्नुपर्छ ।


‘उक्त संस्थाले आफ्नो शाखाको कामकारवाहीलाई सूक्ष्म रुपमा अनुगमन नगरी व्यवसायिक आचरण कायम गराउन नसकेको र व्यवसायिक स्तर कायम गरेको नदेखिएकोले कानुन अनुसार प्रज्ञान सेक्यूरिटिजलाई ७५ हजार रुपैया आर्थिक जरिवाना गरिएको छ,’बोर्ड द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


पछिल्लो समयमा बजार अनुगमन तथा सुपरिवेक्षण कार्यलाई सुदृढ गर्दै लगिएकाले दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुने बोर्डले दाबी गरेको छ ।


प्रकाशित : माघ ७, २०७४ १९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?