१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बजेट नआउँदा माछापालन प्रभावित

दमक — सरकारले बजेट विनियोजन नगरेपछि झापस्थित माछा ब्लक कार्यक्रम प्रभावित भएको छ । जिल्लामा माछा ब्लक कार्यक्रम गत वर्षदेखि सुरु भएको हो । कार्यक्रम सुरु भएको दोस्रो वर्षमै बजेट विनियोजन नहुँदा कृषक चिन्तित बनेका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको गौरादह नगरपालिका र कमल गाउँपालिकामा माछा ब्लक सञ्चालित छ । दुवै स्थानीय तहमा गरी करिब १४ हेक्टर जमिनमा व्यावसायिक माछापालन सुरु गरिएको छ । कमलमा करिब दुई हेक्टरमा मात्रै छ भने गौरादहमा १२ हेक्टरभन्दा बढी जमिनमा माछा ब्लक सञ्चालित छ । ब्लक कार्यक्रमबाट व्यावसायिक माछापालन गर्ने कृषकले विभिन्न शीर्षकमा अनुदान पाउँथे । तर, यस वर्ष बजेट विनियोजन नहुँदा माछापालन सुरु गरेका तथा थप विस्तारको योजनामा रहेका कृषक मारमा परेका छन् ।


बजेट नआएपछि ब्लक कार्यक्रम अगाडि बढाउन समस्या भइरहेको गौरादहका कृषि विकास शाखा प्रमुख प्रदीपकुमार श्रेष्ठले जनाए । उनका अनुसार यो कार्यक्रमलाई सरकारले १० वर्षसम्म सहयोगको घोषणा गरेको थियो । ‘कृषकलाई माछापालन तथा बजारीकरणमा आत्मनिर्भर नबन्दासम्म सहयोग गर्ने भनिएको थियो,’ श्रेष्ठले भने, ‘तर, ब्लक सुरु भएको दोस्रो वर्षमै बजेट नआउँदा कृषक चिन्तित बनेका छन्, हामीलाई पनि कार्यक्रम अघि बढाउन समस्या भइरहेको छ ।’


सरकारले गत वर्ष जिल्लामा करिब ६० हेक्टर जमिनमा माछा ब्लक सञ्चालन गर्ने तयारी गरेको थियो । योजनाअनुसार निवेदन नपरेपछि १४ हेक्टरमा ब्लक सुरु गरिएको थियो । किसानले एकैपटक धेरै क्षेत्रफलमा माछापालन नगरी बिस्तारै विस्तार गर्ने रणनीति बनाएको श्रेष्ठले बताए । गौरादह ९ बैगुनधुरामा ४ हेक्टर जमिनमा माछापालन गर्दै आएका किसान प्रकाश बुढाथोकीले सरकारले सहयोग नगर्ने भनेपछि यस वर्ष पोखरी विस्तार गर्ने तयारी अलमलमा परेको बताए । उनले भने, ‘५ वर्षमा कम्तीमा १० हेक्टरमा माछा पोखरी खन्ने मेरो योजना छ ।

प्रकाशित : माघ ८, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?