क्यान इन्फोटेकमा स्वदेशी सफ्टवेयर प्राथमिकतामा

काठमाडौँ — आगामी माघमा आयोजना हुने क्यान इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीका उत्पादन, स्टार्ट अप रस्वदेशी प्रविधिका लागि छुट्टै स्टल राखिने भएको छ । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गर्ने सूचना प्रविधि मेलामा यस्ता ४४ वटा स्टल राखिने जनाइएको छ । 

माघ ११ देखि १६ गतेसम्म चल्ने मेलाको अवसरमा खल्ती डटकम, सुविसु, सनराइज बैंकलगायतले अफर सार्वजनिक गर्ने जनाइएको छ ।


‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एसोसिएसन विथ मोटोरोला’ नम दिइएको मेलाका लागि हलभित्र ४९ वटा ठूला र हल बाहिर ५ वटा ब्रान्डिङ प्रदर्शनी कक्षहरू रहनेछन् । ट्रसमा १४४, खाली ठाउँहरूमा १४ र फुड स्टलहरू १० गरी २२२ स्टल रहनेछन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित : माघ ८, २०७४ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?