२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बर्थ डे केक काट्दै अमिरले श्रीमतीलाई किस गरेपछि....

कान्तिपुर संवाददाता

काठमाडौँ — जन्मदिन मनाउन मुम्बई पुगेका बलिउड अभिनेता अमिर खान रोमान्टिक बनेका छन् । ठग्स अफ हिन्दुस्थानको सुटिङका क्रममा जोधपुर रहेका अमिर मुम्बई पुगेर श्रीमती किरण राओलाई मिडिया कै अगाडि किस गरे ।

बर्थ डे केक काट्दै अमिरले श्रीमतीलाई किस गरेपछि....

धोबीघाटकी डाइरेक्टर किरण श्रीमानलाई लिन एयरपोर्ट पुगेकी थिइन् । एयरपोर्ट परिसरमा आफ्ना समर्थक र मिडियाको अगाडि दुवैले संयुक्त रुपमा केक काटे । त्यही क्रममा अमिरले किरणलाई किस गरे । अमिर र किरणबीचको गहिरो माया रहेको भन्दै भारतीय सञ्चार माध्यमहरुले दावी गर्दै किस गरेको फोटो सार्वजनिक गरेका छन् ।


मिस्टर पर्फेक्टस्निष्टको रुपमा समेत चिनिएका अभिनेता खानले आफ्नो ५३ औँ जन्मोत्सवको अवसर पारेर इन्स्टाग्राममा पहिलो तस्वीर हालेका छन् । उनले आफ्नी आमाको तस्वीर इन्सटाग्राममा हालेका हुन् । अमिर आफ्नो लामो छुट्टि आमाका साथ मनाउने गरेका छन् ।


यसअघि अमिर र किरणबीच सम्बन्धमा खटपट भएको भन्दै चर्चा पनि चलेको थियो । थग्स अफ हिन्दुस्थानमा अमिरसहित अमिताब बच्चन, फतिमा शैख र कट्रिना कैफको अभिनय छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?