कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भदौमा ‘मिस्टर भर्जिन’

कान्तिपुर संवाददाता

काठमाडौँ — तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर बनाइएको फिल्म ‘मिस्टर भर्जिन’ ले आफनो प्रदर्शन मिति तय गरेको छ ।

भदौमा ‘मिस्टर भर्जिन’

विशारद बस्नेतको निर्देशन रहेको उक्त फिल्म भदौ १ देखि देशव्यापी प्रदर्शनमा आउने भएको हो । वर्ल्ड वाइड फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ मा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रवीन्द्र झा, सिर्जना सुब्बालगायत कलाकारको अभिनय रहेको छ ।

केही समय अघि ‘टुल्की’ बोलको गीत सार्वजनिक गरिसकेको फिल्मले पाँच महिनाभित्र दर्शकमाझ आउने गरी प्रचारलाई तीव्र पारेको छ । महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर र दीपक याम सिंहको कोरियोग्राफी रहेको फिल्मलाई मिलन डी काप्रीले सम्पादन गरेका हुन् । फिल्ममा खिलेन्द्र तिमल्सिना, प्रजापति शिवाकोटी, मुकेश रेग्मी र विशारद स्वयंको लगानी रहेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?