कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘नेप्टे’ को ट्रेलर

कान्तिपुर संवाददाता

काठमाडौँ — चैत्र ३० गतेबाट रिलिज हुन लागेको फिल्म ‘नेप्टे’ को ट्रेलर सोमबार सार्वजनिक गरिएको छ ।

‘नेप्टे’ को ट्रेलर

आर रोशनी फिल्मसो ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई, रोहित रुम्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रोहित रुम्बाकै लगानीमा बनेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । उक्त फिल्ममा दयाहाङले पहिलोपटक खलनायकको भूमिका निर्वाह गरेको बताइएको छ । फिल्ममा दयासँग रोहित र बुद्धिको द्वन्द्व प्रमुख रहेको छ ।

फिल्मको ट्रेलरलाई पूर्णरूपमा कमेडी शैलीमा तयार पारिएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायक तथा निर्माता रोहितले कमेडी कथामा रमाइलो फिल्म बनाएको बताए । नायिका छुल्ठिम गुरुङले फिल्मको कथा असाध्यै मन परेकाले काम गरेको बताइन् । अर्का, कलाकार बुद्धिले फिल्ममा एक्सन गर्दा गाह्रो भए पनि रमाइलो भएको बताए ।

‘नेप्टे’ मा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहितको संगीत छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?