‘प्रसिद्धि नै ठूलो कुरो हैन’

काठमाडौँ — दीपिका पादुकोण ‘इन्टरटेनर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छन् । स्वाभाविकै हो, अवार्ड पाएपछि चर्चा भइहाल्छ । कलाकारका लागि यो कुराले बढी अर्थ राख्छ पनि ।

‘प्रसिद्धि नै ठूलो कुरो हैन’

यी बलिउड अभिनेत्रीलाई चाहिँ चर्चा त्यस्तो ठूलो कुरो नलाग्ने रहेछ । उनले भनेकी छन्, ‘म भन्दिनँ, मेरा लागि फेम नै ठूलो कुरा हो, तर मेरो काम र मैले काम गर्ने इन्डस्ट्रीको एउटा हिस्सा पैसा र फेम पनि हो ।’

उनले फिल्मी क्षेत्रमा प्रसिद्धि र चासोलाई बेवास्ता गर्न नसकिने उल्लेख गर्दै भनेकी छन् ‘म पनि यसलाई बेवास्ता गर्न सक्दिनँ । कसैले पनि गर्न सक्दैनजस्तो लाग्छ । यो मैले गर्ने कामको प्रतिफल हो ।’

आफूलाई आफ्नो काम मन पर्ने सुनाउँदै उनले दस वर्षमा आफूले गरेका कामहरूका कारण धेरै कुरा सिकेको बताएकी छन् । ‘मैले मेरो कामलाई इन्जोय गरिरहेकी छु,’ भारतीय मिडियासँग उनको भन्नु छ, ‘भविष्यमा पनि कामलाई इन्जोय गरिरहने आशा छ ।’

प्रकाशित : चैत्र १, २०७४ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?