२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
स्वास्थ्य

Health

'डेंगी नियन्त्रणलाई थप प्रभावकारी बनाउन आवश्यक'

नेपाल सरकार र अन्य सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले डेंगी नियन्त्रणका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । काठमाडौंमा भएको विभिन्न देशका विज्ञहरु समेत सम्मिलित डेंगी नियन्त्रण विषयक कार्यशालामा सहभागीहरुले डेंगी नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन् ।

'डेंगी नियन्त्रणलाई थप प्रभावकारी बनाउन आवश्यक'
चैत्र ३०, २०८०

'स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक'

स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समाधान गर्नका लागि नीतिगत सुधार गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रममा बोल्दै सांसदहरुले स्वास्थ्य क्षेत्रको समस्या समाधानका लागि नीतिगत तहबाट सुधार थाल्नुपर्ने धारणा राखे ।

'स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक'
चैत्र २६, २०८०

‘बयालपाटा अस्पताल सुदूरपश्चिम सरकारको प्राथमिकता बाहिर’

सुदूपश्चिम प्रदेश सरकारबाट बजेटको व्यवस्था हुने भरमा परेको बयालपाटा अस्पताल आर्थिक संकटसँग जुधिरहेको छ । लगातार ३ आर्थिक वर्षदेखि सुदूरपश्चिम प्रदेशले बयालपाटा अस्पताल संचालनका लागि  लगभग ९ करोड रुपैयाँ विनियोजन गरिरहेको थियो । तर चालु आवमा भने यो अस्पतालका लागि पुँजीगत बजेटतर्फ ५० लाख बजेट मात्रै छुट्याएको छ ।

‘बयालपाटा अस्पताल सुदूरपश्चिम सरकारको प्राथमिकता बाहिर’

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल

यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सातै प्रदेशमा सेवा विस्तार गर्ने जनाएको छ । अस्पतालले सात प्रदेशमा क्यान्सर रोकथाम र नियन्त्रण तालिम, स्क्रिनिङ तथा बहिरङग सेवा विस्तार गर्ने योजना बनाएको हो ।

सातै प्रदेशमा सेवा विस्तार गर्ने योजनामा क्यान्सर अस्पताल

नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब  प्रमुख पक्राउ

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रयोगशाला (ल्याब) मा म्याद गुज्रिएको केमिकल प्रयोग भएको पाइएपछि कलेजका एमडी र ल्याब प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।

नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब  प्रमुख पक्राउ
चैत्र २४, २०८०

वान हेल्थ अवधारणाबारे चितवनमा छलफल

वान हेल्थ अवधारणाबारे समुदायसँग उच्चस्तरीय कार्यक्रमको आयोजना भएको छ । अमेरिकन राजदूतावास, युनाइटेड स्टेट डिपार्टमेन्ट अफ एग्रिकल्चर र सेन्टर फर मलिक्युलर डाइनामिक्सको संयुक्त आयोजनामा एक उच्चस्तरीय कार्यक्रम गरिएको छ ।

वान हेल्थ अवधारणाबारे चितवनमा छलफल
चैत्र २१, २०८०

मधेशमा क्षयरोगले ६ महिनामा १२६ को मृत्यु

जनकपुरधामस्थित क्षयरोग उपचार हुने डिआर टीबी होस्टलमा बस्दै आएका ६ जना मध्ये एक जनाको मृत्यु भएपछि अन्य ५ जना त्रसित छन् । फागुन १४ गते देखि होस्टलमा आएका सिरहा औरहीका ६५ वर्षीय पुरुषको मृत्यु भएपछि उपचारको क्रममा रहेका अन्य ५ जना केही दिनसम्म राति डराएको होस्टल इन्चार्ज हेल्थ असिस्टेन्ट(एचए) सोलेन्द्र कुमार साहले बताए ।

मधेशमा क्षयरोगले ६ महिनामा १२६ को मृत्यु
चैत्र २०, २०८०

एक सातामा २८ जनालाई कोरोना संक्रमण, सतर्कता अपनाउन आग्रह

मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

एक सातामा २८ जनालाई कोरोना संक्रमण, सतर्कता अपनाउन आग्रह

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम 

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डले १० करोड ५० लाख रुपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको प्रतिष्ठानको भनाइ छ । आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भैरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम 
चैत्र १७, २०८०

'सानकन २०२४' काठमाडौंमा

सोसाइटी अफ एनेस्थेसियोलोजिस्टस् अफ नेपाल (सान) ले २३ औं वार्षिक सम्मेलन 'सानकन २०२४' काठमाडौंमा आयोजना गरेको छ । शुक्रबारबाट सुरु भएको उक्त सम्मेलनमा नेपालमा एक सयभन्दा बढी विशेषज्ञ चिकित्सकहरूका साथै विश्वमा विभिन्न देशका ३० भन्दा बढी विशेषज्ञहरूको सहभागिता रहने छ ।

'सानकन २०२४' काठमाडौंमा