जाडोयाममा हुने कोल्ड डाइरियाको सजिलो उपचार

डा. लालित कुमार मिश्र

काठमाडौँ — पौष माहिनामा लगभग सबै जसो प्राईभेट क्लिनिक तथा सरकारी अस्पतालहरुमा विन्टर डाइरिया (झाडापखाला)ले पीडितहरुको संख्या निकै बढेको छ। नवजात शिशु र कम उमेरका केटा-केटीहरुको संख्या  अझ बढी नै छ । गर्मियाममा हुने झडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा हुने डाइरियाबाट हुन्छ । 

जाडोमा डाइरिया हुने मुख्यकारण चिसो लाग्नु हो । जाडो मौसम सुरु हुने बित्तिकै 'रोटा भाइरस' अत्यन्त सकृय हुन्छ । जाडोमा हुने डाइरिया रोटा भाइरसको कारणले गर्दा नै हुन्छ । डाइरियामा सामान्य सावधानी राखेमा एक सप्ताहमा आफैं ठिक हुन्छ । कुनै औषधिको आवस्यकता नै पर्दैन । तर डाइरिया हपता दिनभन्दा बढिरह्यो भने यसलाई क्रोनिक डाइरिया भनिन्छ । यसको उपचार समयमा गरिएन भने ज्यानै पनि जाने जेखिम रहन्छ ।

तर अलिकति सावधान भएका यो समस्यालाई निको पार्न साकिन्छ। यदी डाइरियाको समुचित उपचार गरिएन भने शरिरमा पानीको मात्रा अत्यन्त कम भइ जलवियोजन (डिहाइड्रेसन) हुन्छ । शरिरमा पानी तथा अन्य द्रव्यको मात्रा कमी भए बिरामीको मृत्यु पनि हुन सक्छ ।

डाइरियाबाट बच्ने उपाय
  • दिसा गरिसकेपछि साबुन-पानीले हात धुने बानि बसाल्ने।
  • खाना खानुभन्दा अगाडि साबुन-पानीले हात धुने।
  • फलफुल तथा हारियो सागपात राम्रो संग धोइपखाली मात्र खाने।
  • खानेकुरालाई छोपेर राख्ने।

डाइरियालागेमा के गर्ने ?
  • बच्चालाई जिवनजल दिइ रहने।
  • स्तनपान जारि राख्ने।
  • खाना बन्द नगर्ने बरु बच्चालाई नरम खाद्यपदार्थ, जस्तै: केरा, ऊसिनेको आलु मुछेर खान दिने।

याद राख्नुहोस्
डाइरियाको रोगिलाई उपचार गर्दा जलवियोजन (डिहाईडरेसन)को लागि वर्गिकरण गर्नुपर्ने हुन्छ।

यदि दिशामा रगत आइरहेको छ भने- यो रक्तमासी(डिसेन्टरी)हुनसक्छ। जहाँ गम्भिर डिहाइड्रेसनको अवस्था छ भने रोगीलाई आइभी फ्ल्युड अर्थात स्लाइन चढाउनुपर्ने हुन्छ ।यस स्तिथिमा तुरन्तै नजिकको स्वास्थ संस्थामा लानु पर्ने हुन्छ।

डाइरियामा के नगर्ने ?
  • बच्चालाई मात्र ग्लुकोज या चिनीपानीको घोल न दिने ।
  • मात्र ग्लुकोजको झोल दिँदा शिशुको पेटमा ग्यास उत्पन्न गर्दछ । जसले गर्दा ब्याक्टेरिया संक्रमणको संभावना बढेर जान्छ ।
  • यस्ता तरल पदार्थ पनि नदिने जसमा केफिनको अंश होस् । जस्तै-कोकाकोला, कफिआदि।
  • डाइरियाकोरोगिलाई आमाको दूधबाहेक बहिरी दूध तथा दूधबाट बनेका परिकार पनि दिनु हुँदैन।

नुन–चिनीको घोल बनाउने विधि
एकलिटर उमालेर सेलाएको पानीमा एक सानो चम्चाले १ चम्चा नुन ८ चम्चा चिनी मिलाएर राम्रोसंग मिश्रण गरी घोल बनाउने। यसघोललाई २४ घन्टाभित्र प्रयोग गर्ने । बाँकिरहेको घोल फ्याँकि दिने। आवस्यकता अनुसार पुन: बनाउने र प्रयोग गर्ने।

उपचार
जलवियोजन हुन नदिन बच्चालाई सधैंकोभन्दा बढीमात्रामा झोलपदार्थ ख्वाउनुस्। झाडापखाला नथामिएसम्म झोलपदार्थ दिन जरुरी छ। प्रत्येक पटक पातलो दिशा गरेपछि, जीवनजल दिनुस् । जीवनजलको मात्रा २-१० वर्षसम्मका लागि १००-२००मिलि, १० वर्षमाथिकालाई बिरामिले चाहे जति।

डाइरिया लागेको बिरामीको उपचारको मुख्य उदेश्य जलवियोजन हुन नदिइ रोगिको प्राण बचाउनु हो। पुनर्जलिय प्रकृयाबाट जलवियोजनको उपचार भएमा झाडापखालाका बिरामीहरु आफैं ठिक हुन्छन् । त्यसकारण डाइरिया लागेको बिरामीको लागि पुनर्जलिय नै सबैभन्दा महत्वपूर्ण उपचार हो ।

बिरामीलाई कसरी र कति पुनर्जलिय उपचार गर्ने भन्ने कुरा बिरामीको अवस्था र जलवियोजनको स्थितिमा भर पर्छ । त्यसैले पहिले बिरामीको स्थिति लेखाजोखा गर्नुपर्दछ र सोहि अनुसारको ऊपचार गर्नुपर्ने हुन्छ।

स्वास्थ्य संस्थामा लानुपर्ने अवस्था
  • धैरैपटक पातलो दिशा गरेमा।
  • राम्ररी खाना वा पिउने नगरेमा।
  • तारन्तार बान्ता गरेमा।
  • ज्वरो आएमा ।
  • ज्यादै तिर्खाएको भएमा।
  • दिसामा रगत देखिएमा।

होमियोप्याथिक उपचार
कोल्ड डाइरियामा शिशुहरुमा प्रयोग हुने होमियोप्याथिक औषधिहरु निम्न लिखित छन्: एकोनाइट, डल्कामारा, नक्समस्केटा, नेटृम-सल्फ, नाइट्रिक-एसिड, पोडोफाईलम, पल्साटिला, सल्फर, रसटक्स, नक्सवोम, एलोज आदी।

औषधिहरु रोगीको मानसिक एवं शारिरिक लक्षणको आधारमा प्रयोग गर्न साकिन्छ। उपरोक्त औषधिहरु कुनै योग्य तथा अनुभवि होमियोप्याथिक चिकित्सकको परामर्श लिई मात्र प्रयोग गर्नुपर्छ।

लेखक होमियोप्याथिक फिजिशियन हुन् ।
email- mishrahomoeopath@yahoo.com

प्रकाशित : पुस ७, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वसञ्चारमन्त्रीसहित १५ निर्दोष

२ जी–स्पेक्ट्रम घोटाला

नयाँदिल्ली — भारतको सीबीआई अदालतले अर्बौं डलर भ्रष्टाचार मुद्दामा पूर्व सञ्चारमन्त्री र राज्यसभा सांसदसहित १५ जनालाई बिहीबार निर्दोष ठहर गरेको छ । उनीहरूविरुद्ध सन् २००८ मा दूरसञ्चार फ्रिक्वेन्सी अनुमति दिँदा ४० अर्ब डलर भ्रष्टाचार गरेको आरोपमा सन् २०११ मा मुद्दा दायर गरिएको थियो ।

२ जी–स्पेक्ट्रम भ्रष्टाचार काण्डका नामले चर्चित मुद्दामा तत्कालीन दूरसञ्चारमन्त्री ए राजा र डीएमके पार्टीका राज्यसभा सांसद एमके कनिमोईसहित उच्च पदस्थ व्यक्तिहरू संलग्न भएको दाबी गरिएको थियो । अदालतको निर्णयसँगै १५ कर्मचारी र व्यवसायी र तथा ६ वटा कम्पनीले सफाइ पाएका हुन् ।
सीबीआईले उक्त मुद्दामा पूर्वटेलिकम सचिव सिद्धार्थ बेहुरा, स्वान टेलिकमका साहिद एस्मान बलवा, विनोद गोयन्का, युनिटेक कम्पनीका सञ्जय चन्द्रा, अम्बानी समूहका गौतम जोशी, सुरेन्द्र पिपारा, हरि नैयरसहित स्वान, रिलायन्स र युनिटेक कम्पनीलगायतलाई विपक्षी बनाई मुद्दा दायर गरेको थियो । ए राजा र कनिमोजीले अदालतको आदेशको स्वागत गर्दै आफूहरूविरुद्ध न्याय मिलेको प्रतिक्रिया दिएका छन् । कनिमोजी तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिकी छोरी हुन् । उनीमाथि ४ करोड ७६ लाख अमेरिकी डलर घूस लिएको अभियोग लगाइएको थियो । मुद्दाको निर्णय सुनाउने क्रममा सीबीआईका न्यायाधीश ओपी सैनीले अभियुक्तहरूविरुद्ध प्रमाण पेस नभएकोमा दु:ख लागेको बताउँदै निसंकोच उनीहरूलाई रिहा गर्ने आदेश दिएको बताए । भारतीय सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दुष्यन्त देभले भने, ‘यो मुद्दाको फैसलाले सीबीआई जस्तो संस्थाले प्रमाण पेस गर्न नसक्नु वर्षौं लगाएर गरिएको अनुसन्धान फितलो भएको प्रस्ट देखिएको छ।’ सञ्चारमन्त्री मनोज सिन्हाले उक्त मुद्दाबारे यसअघि नै सर्वोच्च अदालतले २ जी स्पेक्ट्रम गैरकानुनी, गलत र भ्रष्ट भएको निर्णय सुनाइसकेको बताए । ‘बिहीबारको निर्णयबारे सरकारले कुनै प्रतिक्रिया दिन चाहँदैन,’ उनले भने, ‘अनुसन्धान संस्थाहरूले अब अन्य निर्णय लिन्छन् ।’ उक्त मुद्दाको छानबिनका क्रममा १ सय ५४ जनासँग सोधपुछ गरेको विवरण अदालतमा पेस गरेको थियो । सीबीआईले फर्जी कागजपत्रका आधारमा १ सय २२ वटा अनुमति दिएको बताएको थियो ।
यसअघि भारतको सर्वोच्च अदालतले सन् २०१२ मा उक्त अनुमति रद्द गर्न आदेश दिएको थियो । ए राजाले २०१० मा दूरसञ्चारमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका थिए । २०११ मा पक्राउ परेका राजाले यसअघि १५ महिना जेल बसेका थिए । उक्त मुद्दाका कारण कंग्रेस नेतृत्वको गठबन्धन सरकारको छवि ध्वस्त भएको थियो ।

प्रकाशित : पुस ७, २०७४ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्