१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अनुहारको छालामा देखिने छिद्रबाट बच्ने उपाय 

काठमाडौँ — अनुहारमा हुने ओपनपोर्स, यसले तपाईको अनुहारको सौन्दर्यलाई बिगार्ने मात्र होईन कि छालाको लागि पनि नोक्सानदायक हुन सक्छ । यस अवस्थामा छालाको बिषेश ख्याल राख्नुपर्ने हुन्छ । ओपनपोर्स अनुहारको एउटा ठुलो समस्या हो । यो मानिसको उमेर बढ्नुको साथ साथै बढ्दै जान्छ ।

अनुहारको छालामा देखिने छिद्रबाट बच्ने उपाय 



कसै-कसेमा भने तीस/पैतिस बर्षको उमेरमा पनि अनुहारमा यो समस्या भएको देखिन्छ । अब ओपनपोर्सको उमेरसँग पनि सम्बन्ध रहेको देखिंदैन । हाम्रो अनुहारको छालामा सा-साना धेरै पोर्स (प्वालहरु) हुन्छन् । जुन झटहेर्दा हतपत देखिंदैन तर पावरवाला शिशा (मेग्निफाइंग ग्लास) ले हेर्ने हो भने गाला, नाकमा त्यस्ता प्वालहरु देखिन्छन् । जसको संख्या हजारौमा हुन्छन् ।


यि अनुहारमा भएका रोम छिद्र (पोर्स) को काम हाम्रो अनुहारमा शुद्ध अक्सिजनलाई मेन्टेन गरेर राख्नु हो । यसका साथै शरीरमा भएको टाँक्सिन (खराब) पदार्थलाई बाहिर निकाल्नु हो । एक किसिमले भन्ने होभने छालाले पनि श्वास फेर्छ । अक्सिजनलाई मेन्टेन गर्छ र खराब पदार्थ अर्थात टोक्सिनलाई वाहिर निकाल्छ ।


हाम्रो अनुहारमा ग्लो ल्याउनु उज्यालो पार्नु पनि छालाको नै काम हो । जब यि पोर्स (रोम छिद्रहरु) ठुलो हुन्छन् र स्पष्टरुपमा परैबाट देखिन्छ भने त्यस अवस्थालाई हामी ओपन पोर्स भन्दछौ ।

ओपनपोर्सका कारण : आयली स्किन हुने ब्याक्तिहरुमा ओपनपोर्स (रोमछिद्र) बढिनै हुने गर्दछ । ओयली स्किनको साथै जसको शरीरमा धेरै मात्रामा पसिना आउछ । उनीहरुलाई पनि अनुहारको यो समस्या प्राय बढि नै देखिन्छ । कहिले काहि यस्ता सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ जुन तपाईको छालाको अनुकुल हँदैन । जसको प्रतिक्रिया स्वरुप ओपनपोर्स हुनसक्छ। जेनेटिक (वंशानुगत) पनि यसको मुख्य कारण मध्ये एक हो ।


यदी कसैको परिवारमा आमा-बाबु मध्ये कुनै एक जनामा यो समस्या बिगतका समयमा रहेको भए त्यस घरका अन्य सदस्यमा पनि यो समस्या हुने संभावना बढि रहन्छ । यदि तपाई आफ्नो स्किनको केयर ठिकसंग गर्नु हुन्न भने धुलो, माटो, प्रदुषित वातावरणमा बढि नै समय बिताउनु हुन्छ । कामबाट साँझ जब घर फर्किनु हुन्छ त्यसबेला अनुहारलाई राम्रोसँग धुनुहुन्न भने तपाईलाई ओपनपोर्स हुने संभावना बढी हुन्छ ।


मनोवैज्ञानिक पक्षबाट हेर्ने हो भने मानसिक तनाव पनि यसको मुख्य कारण हो । यदि तपाई बढि नै सोच्नु हुन्छ । स्वभावमा चिडचिडापन छ, सानो-सानो कुरामा पनि चाडै रिसाउने किसिमको बानी छ भने तपाईलाई पनि यो समस्या हुनसक्छ । हाईजिन तथा पोषणतत्वको कमी, राम्रोसँग निदाउन नसक्नु, अपुरो निन्द्रा हुनु पनि यसका कारण मध्येका हुन् ।


ओपन पोर्सका लक्षणहरु : ओपनपोर्समा अनुहारमा सा-साना प्वाल देखिन थाल्छन् । खासगरी नाक र गालामा देखिन्छ । अनुहारमा ओपनपोर्स (रोमछिद्र) भएको अवस्थामा नाक र गालामा सुन्तलाको बोक्रामा भएजस्तो सा-साना प्वाल जस्तो अनुहार देखिन्छ । हेर्दा अनुहार राम्रो देखिंदैन, कुरुप जस्तो लाग्छ । ब्लेकहेड (कालो) हुने संभावना बढि हुन्छ । कसै-कसैको अनुहारमा त बढिनै साना–साना प्वालहरु देखिन्छन् । जुन हेर्दा धेरै फोहर देखिन्छ जसले तपाईको अनुहारको सौन्दर्यमा ग्रहण लगाई दिन्छ । यदि लामोसमयसम्म ओपनपोर्स रहिरहयो भने पछिगएर जब हाम्रो उमेर बढि हुन्छ । त्यसबेला यो अनुहारका प्वालहरु अझ ठुलो र भद्दा देखिन थाल्छ ।


बचाउ : ओपनपोर्सलाई रोक्नको लागि कम्तिमा दिनको दुई पटक अनुहारलाई धुनु पर्छ । मुख धुँदा राम्रो मुलायम फेसवासको उपयोग गर्नुपर्छ । अनुहारको छालको अनुरुप मोस्चराईजर लगाउनु पर्छ । छाला को अनुरुप हप्तामा दुई पटक स्क्रव गराउनु पर्छ।


घरेलु उपचार : सप्ताहमा एक पटक स्टिम वाफ लिने । गोलभेंडाको रस कपासमा भिजाएर अनुहारमा लगाउने र करिब बिस मिनेट राख्ने । त्यसपछि अनुहार धुने । यसवाट पनि फाईदा हुन्छ । खानपानमा बोसो, गुलियो, फास्टफुड तथा मदिराको सेवन गर्नु हुँदैन । यसको सेवनले पनि छालामा नराम्रो प्रभाव पार्दछ ।


होमियोप्याथिक उपचार : ओपनपोर्स अर्थात अनुहारको छालामा देखिने प्वालहरुको उपचारमा रोगीको मानसिक एवं शारीरिक लक्षणको आधारमा सफलतापुर्वक प्रयोग गरिने केहि औषधीहरु निम्नलिखित छन । (१) साईलिशिया- १२x शक्ति / यो औषधी त्यस्ता व्यक्तिको लागि उतम मानिन्छ जसको छाला हेर्दा मैलो देखिन्छ र ओपनपोर्स बरावर भईरहन्छ । (२) केलेन्डुला क्रिम – स्किन हिलिंगको लागि यो राम्रो औषधि हो । अनुहारका (रोमछिद्र) भर्न र बराबर (सम) गर्नको लागि यो क्रिम उत्तम मानिन्छ । (३) बरबेरिस क्रिम- यो क्रिम अनुहारको छालालाई स्वस्थ, चमकिलो, बनाउनमा बहुतै उपयोगी छ । यस बाहेक यस रोगमा प्रयोग हुने अन्य औषधीहरु- कालिवाइक्रोम, नेट्रम-म्युर, सलफर, हिपरसल्फ, ग्रेफाइटिस आदि पनि छन । औषधिहरुको प्रयोग आफ्नो नजिकको चिकित्सकको सल्लाह लिई गर्दा उपयुक्त हुन्छ ।

अस्तु


[email protected]


प्रकाशित : पुस १४, २०७४ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?