१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

यस्ता छन् महका फाइदा

काठमाडौँ — मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो- मह । पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो( मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ । 

यस्ता छन् महका फाइदा

मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करिव ३३ सय वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन ।

मौरीको प्रजाति र वनस्पतिको विविधता अनुरूप नै महको रंग, स्वाद र गुणमा अन्तर हुन्छ । मह बन्ने मौसम, ऋतुका कारण पनि यसको गुण प्रभावित हुने आयुर्वेदमा उल्लेख छ ।

मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । यसलाई भगवान्का् आहारासमेत मानिएको छ ।

आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रुपमा लिएको छ । महमा पोषक तत्त्वको भण्डार हुन्छ । रासायनिक रुपले हेर्दा यसमा ग्लुकोज ३१.३ प्रतिशत, फ्रुक्टोज ३८.२ प्रतिशत, माल्टोज ७.१ प्रतिशत, सुक्रोज १.३ प्रतिशत, चिनी १.५ प्रतिशत, पानी १७.२ प्रतिशत, भस्म ०.२ प्रतिशत र अन्य रसायन ३.२ प्रतिशत हुन्छन् । यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन, आइरन आदि पाइन्छ ।

महलाई शक्तिवर्धक र रोगनिरोधक क्षमता भएको मानिन्छ । प्राचीनकाल देखि नै महलाई जीवाणुरोधी (एन्टिब्याक्टेरियल) तत्त्व मानिँदै आएको छ । यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन । यसै कारण हाम्रो समाजमा महलाइ पोलेको/काटेको शारीरिक अंग र घाउमा समेत दल्ने गरिन्छ । महमा भएका पौष्टिक तत्त्वबाट घाउ निको पार्न र तन्तुको वृद्घिमा मदत पुग्छ । यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ ।

दिनहुँ मह सेवन गर्दा हाम्रो शरीरमा शक्ति, स्फूर्तिसँगै रोगप्रतिरोधक क्षमतासमेत बढ्छ । दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।

रक्त शुद्घीकरण गर्नलाई पनि मह प्रभावकारी मानिन्छ । यसको सेवनले पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमक आउँछ । महको नियमित सेवनले आन्द्रा र मृगौलासमेत स्वस्थै रहन्छन् ।

घाँटी खसखसाए, रुघाखोकी लागे मह मिसाएको चिया वा तातो कागतीपानी खाँदा प्रभावकारी हुन्छ । मह धेरै खानुपर्दैन, थोरै खाँदा पनि राम्रै काम गर्छ ।

एउटा अध्ययन अनुसार, माथिल्लो सासनलीको संक्रमण भएका दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिँदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निद्रा राम्ररी लाग्न थाल्छ ।

यस्तै, सामान्य रुघाखोकीमा समेत मह प्रभावकारी पाइएको छ । तर एउटा दुर्लभ खाद्य विषाक्तता हुने सम्भावनाका कारया एक वर्ष भन्दा कम उमेरका बालबालिकालाई मह दिनु हुँदैन ।

प्रकाशित : पुस २९, २०७४ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?