महिलाको अनुहारमा देखिने दाग र त्यसको उपचार

डा. ललित कुमार मिश्र

काठमाडौँ — तपाईंको सुन्दर अनुहारमा यदी कालो या खैरो दाग छ भने यसले तपाईंको आत्मविश्वासलाई पनि प्राभावित पार्छ । आखाँको वरिपरि या अनुहारमा चायापोतो फुस्रो दाग देखिन्छ भने तपाईंको सौन्दर्यलाई यसले प्रभावित पार्दछ।

महिलाको अनुहारमा देखिने दाग र त्यसको उपचार

यस किसिमको दाग प्रायजसो गर्भवती महिलाहरुमा देखिने गर्दछ । महिलाको अनुहारमा देखिने यस प्रकारको दागलाई मेडिकल भाषामा मेलास्मा भनिन्छ ।


महिलाको अनुहारमा देखिने दागमा कुनैप्रकारको चिलाउने वा पोल्ने वा टट्यटउने हुँदैन । तर यसले महिलाको अनुहारको सौन्दर्यलाई भने बिगारदिन्छ । अनुहार कुरुप जस्तो देखिँदा धरै जसोमा मनोवेज्ञानिक असर पनि देखिन्छ ।


किन हुन्छ मेलास्मा- यहि नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन । यसको कारण अज्ञात छ । हाम्रो त्वचामा रहेको मेलोनोसाईट कोशिकाले मेलेनिनको उत्पादन गर्दछ । मेलिनिन पिगमेन्टेशनको कारणले गर्दा नै हाम्रो अनुहारको रगं कायम रहन्छ । मेलिनिन पिगमेन्टेशन कम हुनाले अनुहार गोरो र बढी भएमा अनुहार कालो हुन्छ ।


कुनै महिला प्रेग्नेन्ट भएको छैठौं महिनादेखि एस्ट्रोजेन र प्रोजेस्ट्रोन हार्मोन्स घट्न र बढ्न शुरु हुन्छ, अर्थात महिलाको हार्मोन्स उत्पादनमा असन्तुलन देखापर्दछ । यहि हार्मोन्सको इम्ब्यालेन्सको कारण मेलोनोसाईट कोशिका ( सेल्स) हरुमा ईफेक्ट पर्दछ । जसको फलस्वरुप मेलिनिन पिगमेन्टेशन बढ्न थाल्छ । यदि गर्भावस्थामा महिला घाममा जाने वा काम गर्ने वातावरण भएमा सूर्यको अल्ट्राभाईलेट किरणबाट उनको मिलिनिन पिगमेन्टेशन धेरैमात्रामा बढ्न जान्छ । जसले गर्दा अनुहारको कुनै एउटा भागमा कालो, खैरो दाग देखिन्छ ।


मेलास्माको अर्को कारण वंशानुगत (जेनेटिकल) पनि हो । यदि आमालाई मेलास्मा भइसकेको छ भने तपाईंलाइ पनि हुने संभावना बढी हुन्छ । अनुहारको दाग (मेलास्मा) धैरैजसो प्रेग्नेन्सी को समयमा हुन्छ । एक निश्चित समय पश्चात डिलेभरी ( प्रसव) भएपछि करिब ६ महिना भित्र ५०% देखि ६०% प्रतिशत महिलाहरुमा अनुहारका दाग (मेलास्मा) स्वत: ठिक भएर जान्छ ।


शरीरले स्वयं प्रकृतिको नियमानुसार शरीरलाई पुन: स्वास्थ्य बनाइ पहिलेकै अवस्थामा ल्याईदिन्छ । तर कुनै–कुनै केसमा भने गर्भावस्थामा देखिएका दाग ठिक हुँदैन । यसको मुख्यकारण महिलामा थाइराइडको समास्या हुनु या जेनेटिकल (वंशाणुगत) इतिहास हुनसक्छ । यसको साथै परिवारनियोजनको चक्किको प्रयोग तथा हार्मोन्स थेरापी उपचारको प्रतिकुल प्रभावको रुपमा पनि हुन्सक्छ यस्ता महिलाहरुको अनुहारको दागको उपचार एलोप्याथीबाट ठिक हुन मुश्किल छ । तर होमियोप्याथीमा यसको ऊपचार सम्भव छ ।


सल्लाह- आफ्नो भोजनमा बढी भिटामिन ई युक्त खानेकुरा सामावेस गर्ने । जस्तै-बादाम, ओखर आदी । स्वस्थ्य रहनको लागी दुध, दहि, हरियो सागपात, सलाद, सिजन अनुसारको फलफुल आफ्नो आहारमा सामेल गर्नुपर्दछ । यसरी नै कमसेकम दिनभरमा १२ गिलास पानी पिउनु पर्छ । घाममा कमै निस्किने, निस्किनु नै पर्‍यो भने सनग्लास तथा छाताको प्रयोग गर्ने अनिन्द्रा पनि यसको कारण हुनसक्छ । यसकारण तपाईंको निन्द्रा पनि पुरा हुनु जरुरी छ ।


होमियोप्याथीक उपचार- होमियोप्याथीकमा रोगिको समष्टीगत लक्षणको आधारमा उपचार गर्ने गरीन्छ । यसको लागी चिकित्सकले रोगिको मानसिक एवं शारीरिक लक्षणका साथै उसको पारीवारिक ईतिहास, सामाजिक अवस्था, भोक, प्यास, निन्द्रा, उसले देख्ने सपना आदीलाई मध्येनजर राखेर मात्र औषधि गर्ने गर्दछ ।


यस रोगमा सफलतापूर्वक प्रयोग हुने केही औषधिहरु निम्न लिखित छन् :

थुजा– २००/शक्ति । एक मात्रा राति सुत्नुभन्दा अगाडि लिने । यसले तपाईंको शरीरको हार्मोन्सको गडबडीलाई सन्तुलनमा ल्याउने कार्य गर्दछ ।

चाइना- ३०/शक्ती । यदी दाग कालो या ग्रे रगंको छ भने यसको प्रयोग लाभदायक मानिन्छ । डिसकलर रेशनको लागी यो बडो प्रभावशालि औषधि हो ।

कोलोफाइलम- ३०/शक्ति । प्रेग्नेन्सि को दौरान यदि तपाईंको अनुहारमा दाग देखिन लागेको छ भने यो औषधिको प्रयोगले राम्रो काम गर्दछ । यसको एक मात्रा दिनमा एकपटक लिने ।

कोपाईभा अफिसिनालिस- ३० शक्ति/मेलास्मा (अनुहार) को दागको लागि यो अति उत्तम औषधि हो । यसको सेवन बिहान– दिउँसो–बेलुकि तीनपटक गर्नु राम्रो हुन्छ । यस औषधिको परिणाम धरै राम्रो देखिएको छ ।

सिपिया- २००/शक्ति । महिनाबारीको गडबडि, मेनोपोज, गर्भावस्थामा देखिने अनुहारको दागको लगि यसको उपयोग राम्रो मानिन्छ ।

केडमियम सल्फ- २००/शक्ति । यदि घामले गर्दा अनुहारमा कालो दाग आएको हो भने यसको सेवन गर्नु पर्दछ ।

सौन्दर्यप्रसाधन (कस्मेटिक) को बढी ब्यवहार गर्ना ले प्रतिकुल प्रभाव देखिएको हो भने यसको प्रयोग लाभदायक हुन्छ ।

कालिकार्ब- ३०/शक्ति । प्रसव उपरान्त अनुहारमा टाटेपाटे दाग देखिएको छ भने यो औषधि बडो प्रभावकारी छ ।


उपरोक्त औषधिहरुको प्रयोग आफ्नो स्थानीय कुनै चिकित्सकको परामर्श लिई गर्नु उचित हुन्छ ।


[email protected]


प्रकाशित : फाल्गुन ४, २०७४ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?