१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बर्खायाममा फंगल संक्रमणबाट जोगिन...

हेल्थ टिप्स
कान्तिपुर संवाददाता

काठमाडौँ — यो मौसम बर्खाको हो । बर्खायाममा सबैभन्दा बढी हानि हाम्रो छाला र खुट्टालाई हुने गर्छ । यो मौसममा हामीले अनुहारको स्याहार गर्न समय खर्चे पनि खुट्टाको स्याहारमा खासै ध्यान दिँदैनौं ।

बर्खायाममा फंगल संक्रमणबाट जोगिन...

हिलो, आद्र्रता, पानी आदिले गर्दा खुट्टाको छालालाई धेरै नोक्सानी हुन्छ । पानीले भिजेका जुत्ता, चप्पल लगाउदा खुट्टामा दाद, चिलाउने, डाबर जस्ता समस्या हुने गर्छन् ।

खुट्टाको हाइजिन कायम राख्न यो मौसममा हामीले विशेष ध्यान राख्नुपर्छ । धेरै बढी आर्द्रता र पसिनाले गर्दा बर्खायाममा खुट्टामा संक्रमण हुने गरेको छ । यसैले दिनहुँ खुट्टा धुने–पखाल्ने गर्नुपर्छ । यसले गर्दा पसिनासँगै निस्किने फोहोर तरल पदार्थ छालाबाट निस्किन्छ र खुट्टा दुर्गन्धित हुनबाट जोगिन्छ । थप संक्रमणको अवस्था आउन पाउँदैन । नुहाउँदा जीउ मात्र नभए खुट्टालाई समेत राम्ररी सफा गर्नुपर्छ । खुट्टा धोएपछि पुछेर औँलाबीच टल्कम पाउडर छर्दा फाइदा हुन सक्छ ।

यो मौसममा जुत्ता लगाउनेहरूले भने विशेष ध्यान दिनुपर्छ । जुत्ता सम्भव भएसम्म दिनहुँ घाममा राख्नुपर्छ । यसो गर्दा जुत्ताभित्र ढुसी उत्पन्न हुन पाउँदैन । जुत्ताभित्र टल्कम पाउउडर छरेरसमेत सुक्खा राख्न सघाउन सकिन्छ । बर्खामा खुल्ला चप्पल लगाउनु नै राम्रो मानिन्छ । यसले गर्दा खुट्टामा हावा लाग्नुका साथै तपाईंको पसिना सुक्नसमेत सहज हुन्छ ।

खुट्टाका नङलाई नियमित रूपमा सफा गर्नुपर्छ, काटिरहनुपर्छ । यसले फोहोर र ब्याक्टेरिया जम्मा हुन पाउँदैन । खुट्टामा दाद, चिलाउने, फंगस आदिको समस्या देखिए छाला रोग विशेषज्ञको सल्लाहमा उपचार गर्नुपर्छ ।

प्रकाशित : श्रावण १९, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?