१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपालमा पनि थाइराइड फाउन्डेसन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पनि थाइराइड फेडेरेसन इन्टरनेसनलले शाखा विस्तार गरेको छ ।

नेपालमा पनि थाइराइड फाउन्डेसन

राजधानीमा शनिबार भएको कार्यक्रममा थाइराइड फेडेरेसन इन्टरनेसनलका अन्तर्राष्ट्रिय अध्यक्ष अशोक भासिनले शनिबार थाइराइड फाउन्डेसन नेपाललाई फेडेरेसनमा आवद्ध भएको प्रमाणपत्र हस्तान्तरण गरे ।


कार्यक्रममा फेडेरेसनका अध्यक्ष सुरेन्द्र बीसीले थाइराइड भएर स्वास्थ्य समस्या भोगिरहेकाहरुका लागि काम गर्न लागिएको बताए ।


फाउन्डेसनका उपाध्यक्ष काजीमान अत्रेयले नेपालमा थाइराइडको बिरामी बढिरहेकोमा चिन्ता व्यक्त गरे । थाइराइडका समस्या भोगिरहेका र यसबारे चासो चिन्ता राख्नेहरुहलाई जोड्न फाउन्डेसनले काम गर्ने बताइएको छ ।


कार्यक्रममा महासचिव जीपी शर्मा, कोषाध्यक्ष राजकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।


कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद रामेश्वर राय यादवले आफू पनि थाइराइड पीडित रहेको भन्दै गम्भीर रुपमा बढेको यो स्वास्थ्य समस्याबारे छलफल गर्न फाउन्डेसनले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित : श्रावण २०, २०७५ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?