कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भिटामिन ‘ए’ को बढी सेवनले हाड कमजोर

कान्तिपुर संवाददाता

काठमाडौँ — हालैको एउटा अनुसन्धानको दाबीअनुसार भिटामिन ‘ए’ को अत्यधिक सेवनले हाडको घनत्व कम हुन सक्छ जसले हाड कमजोर हुनुको साथै टुट्ने खतरासमेत बढछ मुसामा गरिएको यो अनुसन्धान जर्नल अफ एन्डोक्राइनोलजीमा प्रकाशित भएको हो ।

भिटामिन ‘ए’ को बढी सेवनले हाड कमजोर

अध्ययनमा के पाइयो भने, मानिसमा भिटामिन ‘ए’ को प्रस्तावित दिनहुँको खुराकभन्दा ४.५ देखि १३ गुणा बढी एवं निरन्तर सेवनले हाडमा धेरै बढी कमजोरी आउँछ ।

आफ्नो आहारमा भिटामिन ‘ए’ बढी सामेल गर्ने प्रक्रियामा सतर्क रहन अध्ययनमा सुझाइएको छ । भिटामिन ‘ए’ शारीरिक विकास, दृष्टि, प्रतिरोधक क्षमता र अंगको सही तवरले काम गर्न अनि थुप्रै जैविक प्रक्रियाको लागि महत्त्वपूर्ण हुन्छ ।

हाम्रो शरीर भिटामिन ‘ए’ बनाउनमा अक्षम हुन्छ तर मासु, दुग्ध उत्पादन, सब्जीले युक्त स्वस्थ आहार शरीरको पोषक तत्त्वसँग सम्बन्धित आवश्यकतालाइ पूर्ति गर्न पर्याप्त हुन्छ । अध्ययनको दाबीअनुसार जो व्यक्ति भिटामिन ‘ए’ को अतिरिक्त खोराक लिन्छन् उनीहरूको हाडलाई नोक्सान पुग्ने खतरा बढ्छ ।

प्रकाशित : कार्तिक १०, २०७५ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?