कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

जाडोमा देखा पर्ने स्वास्थ्य समस्या र रोकथामका उपायहरु 

डा. ललित कुमार मिश्र

काठमाडौँ — बदलिदो मौसमले आफुसंगै धेरै रोगहरु पनि साथै लिएर आउछ । तर, धन्दा मान्नु पर्दैन । केहि साबधानी अपनाईयो भने जाडोयामकाका कारण हुने धेरै रोगबाट आफुलाई बचाउन सकिन्छ ।

जाडोमा देखा पर्ने स्वास्थ्य समस्या र रोकथामका उपायहरु 

जाडोयाममा धेरै जसो देखिने स्वास्थ्य समस्याहरुमा यस प्रकार छन् :

रुघाखोकी र ज्वरो : यो समस्या ऋतु परिवर्तनको बेला प्रय जसोमा देखिन्छ । शरीरको प्रतिरोधक क्षमता जसको कमजोर छ, त्यस्तालाई चाँडै यस्ता मौसमी रोगले भेट्छ । संक्रमणबाट हुने रोगको भाइरसबाट बच्न सरसफाईमा बिषेश ध्यान दिनु पर्ने हुन्छ । बराबर साबुन पानीले हातधुनु पर्छ । यो भाइरल ईनफेकस्न हो । यस अवस्थामा बिरामीलाई संक्रमणबाट चाँडै निको पार्न एन्टी एलर्जिक होमियोपैथिक औषधि लक्षणअनुसार दिईन्छ । यसको अलावा वाफ लिने, नुन पानीले कुल्ला गर्नले पनि लाभदायक हुन्छ । संक्रमण भएको अवस्थामा तातो झोलीय तरल पदार्थ बढि मात्रामा प्रयोग गर्नुपर्छ । चिसो पानी पिउनु हुँदैन । तुरन्त गर्मबाट चिसोमा, चिसोबाट गर्मीमा जानु हुँदैन । बाईक वा स्कुटर चलाउने बेलामा नाक, मुख छोप्ने गरी हेलमेट लगाउनुपर्छ । कोल्ड ड्रिक्स, आईसक्रिम खानु हुँदैन । यस मौसममा केटा-केटी, बुढापाकाहरुको बिशेष ख्याल राख्नु पर्दछ ।


टाँन्सिलाइटिस् : केटा-केटीहरुमा यो समस्या आमरुपमा देखिन्छ । यो बेक्टेरियल या भाइरस संक्रमणबाट हुन्छ । यो समस्या भएमा गलामा दर्द हुनु, खाना खान, बोल्नमा अप्ठ्यारो हुनुका साथै ज्वरो पनि आउन सक्छ । यसबाट बच्नको लागि यस मौसममा चिसो पेय पदार्थ तथा चिसो खाने कुराको सेवन गर्नु हुँदैन ।


आस्थामा : दम एक किसिमको एलर्जिक रोग हो । दमबाट पीडित बिरामीहरुको समस्या जाडोको मौसममा बढ्न सक्छ । रातको समयमा, चिसो बढेको बेला तथा जाडोको मौसममा एलर्जिएटेक हुने संभावना बढि हुन्छ । अत: दमका रोगीहरुले एलर्जिक तत्व तथा चिसो हावाबाट बच्ने । धुलो, माटो, धुवाँ र बायु प्रदुषणबाट बच्न एकदमै जरुरी हुन्छ । दमका रोगीले आफ्नो नियमित सेवन गर्ने औषधिहरु आफ्नो साथै राख्ने । चिकित्सकको सल्लाह बमोजिम लिई राख्ने । आफुखुशी औषधि बीचमा छोड्नु हुदैन ।


जोर्नीको दुखाई : उमेर खाई सकेका बुढा बुढीहरुमा बदलिंदो मौसममा हात खुट्टाका जोर्नीहरु दुख्ने समस्या बढि देखिन्छ । चिसो बढेको बेला ज्वाईन्ट पेन जसलाई पनि हुन सक्छ । तर बुढ बुढीहरुको हड्डी कमजोर भएको कारण यिनीहरुलाई चिसोले बढि प्रभावित गर्दछ । अर्थराईटिस्, सानो जोर्नीहरुमा दर्द, घुँडाको दर्द बडो असहनीय हुन्छ । यसबाट बच्नको लागि सकेसम्म चिसो हावामा बाहिर ननिस्कने । जोर्नीहरुमा तातो सेकाईको लागि पट्टी या हट ब्यागको प्रयोग गर्ने । सामान्य हल्का किसिमको ब्यायाम नियमित रुपले गर्ने । होमियोपेथिक औषधिको साथ-साथै योग तथा फिजियोथिरापीले पनि जोर्नीको दुखाईबाट आराम मिल्दछ । साथै नियमित रुपबाट औषधिको सेवन गरिराख्ने तथा आफ्नो चिकित्सकसँग बेला बेलामा सम्पर्क गरी स्वास्थ्य परिक्षण गराई रहने ।


मच्छरबाट फेलिने रोग : यस मौसममा मच्छरको टोकाईबाट हुने रोगहरु जस्तै, डेंगु, मलेरिया, चिकनगुनिया आदिका रोगीहरु पनि देखिन्छन् । यदि शुरुमै यो रोग पता लाग्यो भने बेलैमा उपचार गरेर नियन्त्रण गर्न सकिन्छ । डेंगु वा चिकिनगुनिया वाइरसबाट हुने यो रोगमा ज्वरो आउनुको साथै ज्वाइन्टस् पेन, मांशपेशिहरु दुख्ने, शरीरमा रातो–रातो डाबर देखिन सक्छ । यसको अलावा पेट खराब हुनु, कमजोरी महशुस हुनु, रिंगटा लाग्नु, वान्ता हुनु, पातलो दिशा हुनु यसका लक्षणहरु हुन् । मलेरिया ज्वरो साँझ पख या रातितिर बढ्ने हुन्छ । यस रोगमा ज्वरोको साथै काम्ने जाडो पनि हुन्छ ।


यस्तो लक्षण देखिएमा चिकित्सकसंग परामर्श गरी उपचार गराउने । रोगलाई बढ्न नदिने बेलामै उपचार गराउने, बच्नका लागि घरको वरिपरि पानी जम्न नदिने, लामखुट्टे मार्ने औषधिको प्रयोग गर्ने, पुरा बाहुला भएको लुगा लगाउने तथा मच्छरदानीको प्रयोग गर्ने गर्नु पर्दछ । यसका साथै मच्छर भगाउने क्वाइल या गुडनाईट बाल्ने, बदलिंदो मौसममा हुने रोगबाट बच्नका लागि सर-सफाइका साथै खान-पान तथा पानीमा बिषेश ध्यान दिने । झोलीय पदार्थ जस्तै, दालको सुप, ग्रिन टी, तुल्सी चिया, अदुबा हालेको चिया, लेमन टी, हट लेमेन आदि सेवन गर्नु लाभदायक हुन्छ । यि रोगहरुको अलावा जाडो याममा बातावरणको चिसोपन र चिसो हावाले छालालाई प्रत्यक्ष रुपमा असर गर्दछ र छाला सम्बन्धी पनि समस्याहरु देखिन्छन्, जस्तै, चाया पर्ने । यसको निधानका लागि बिभिन्न औषधीयुक्त स्याम्पु उपलब्ध छन् । अवस्था अनुसार औषधियुक्त स्याम्पु प्रयोग गर्न सकिन्छ । यसैगरी चिसोमा रक्त सञ्चारको प्रवाह कम हुनाले छाला खुम्चिन्छ र च्याउरी परेको सुख्खा र फुटेको जस्तो देखिन्छ । जस्तै, हात खुट्टा फुट्ने । सामान्य हात खुट्टालाई साबुन पानीले धोएपछि औषधियुक्त क्रिमहरु प्रयोग गर्नु पर्दछ । जस्तै, भ्यासेलिन, एलोबेरा आदि । सुतिको मौजा लगाउनु उपयुक्त हुन्छ । भुई वा सिमेन्टमा नाङ्गै खुट्टाले हिडनु हुदैन ।


ओठ फुट्ने : जाडोमा ओठ बढि फुट्नुको कारण जिब्रोले ओठलाई ओसिलो बनाउन खोज्नले पनि हो । यसको लागि बानी नै सुधार्नु आवश्यक हुन्छ । ओठको लागि एलोभेरायुक्त मलहम तथा लिपगार्डहरुको प्रयोग गर्न सकिन्छ । जाडो महिनामा साबुनको प्रयोग गर्दा म्वाईस्चराईजिङ साबुनहरु । जस्तै, डोभ, पियर आदिको प्रयोग गर्नुपर्छ । यस्ता साबुनले छालालाई मुलायम राख्न मद्दत गर्दछ । पानी प्रशस्त खानु पर्छ । हरियो सागपात, सिजनल फलफुल, आईरन र जिकंयुक्त खाने कुराहरु जस्तै, केरा, माछा, मासुको सेवनले छालालाई स्वास्थ राखि म्वास्चर र पानी कम हुन दिंदैन र छालालाई सुख्खापनबाट बचाउँछ ।


यस मौसममा देखिने स्वास्थ्य समस्याहरुमा रोगी तथा रोगको अवस्था अनुसार प्रयोग हुने केहि होमियोप्याथिक औषधिहरु निम्न लिखित छन् :

१) रुघाँखोकी र ज्वरोमा लक्षण अनुसार प्रयोग हुने : एकोनाइट, रसटक्स, ब्रायोनिया, डल्कामारा, फेरम फाँस, जल्समियम आदि ।

२) टान्सिलाईटिसमा प्रयोग हुने : बेलाडोना, बराईटाकार्ब, फाईटोलेक्का आदि ।

३) जोर्नीको दुखाइमा प्रयोग हुने : एकोनाईट, रसटक्स, ब्रायोनिया, कस्टिकम आदि ।

४) आस्थमामा प्रयोग हुने : एकोनाई, आर्सेनिक, पल्साटिला, नेट्रम सल्फ आदि ।

५) कपालमा चाया पर्दा प्रयोग हुने : कल्केरिया सल्फ र थुजा ।

६) ओठ तथा हातखुट्टा फुटेमा प्रयोग हुने : पेट्रोलियम, ब्रयोनिया, नेट्रम–म्युर, सल्फर आदि ।


औषधिहरुहरु नजिकको चिकित्सको सल्लाहमा प्रयोग गर्नु राम्रो हुन्छ ।

[email protected]


प्रकाशित : कार्तिक १५, २०७५ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?