तोरीको साग

कान्तिपुर संवाददाता

काठमाडौँ — यो मौसम तोरीको सागको पनि हो । यति बेला यो प्रशस्त पाइन्छ, नेपालका प्राय: भेगमा ।
तोरीको सागमा खनिज, भिटामिन, फाइबर, पोटेसियम, भिटामिन ‘ए’, ‘सी’, ‘डी’ र ‘बी १२’, आइरन, क्याल्सियम, म्याग्नेसियम हुन्छ । यसमा क्यालोरी निकै कम पाइन्छ ।

तोरीको साग

आयुर्वेदअनुसार तोरीको साग भोक जगाउने, टर्रो, कफ/वात नाशक हुन्छ । यसमा एन्टिअक्सिडेन्ट तत्त्व पर्याप्त मात्रामा हुन्छ । यसले शरीरको विषाक्त तत्व हटाउनुको साथै रोग प्रतिरोधक क्षमता बढाउँछ । यो साग म्यागनिज र फोलेटको राम्रो स्रोत हो । फोलेटले मुटु रोगका लागि जिम्मेवार ‘होमोसिस्टिन’ लाई बढ्न दिँदैन ।


यो सागमा पाइने भिटामिन ‘ई’, ‘सी’ र ‘ए’ फ्री र्‍याडिकल्स समाप्त गर्न सहायक हुन्छन् । यो साग मुटु रोग, अस्थमा वा रजोनिवृत्तिले पीडितहरूको लागि खानाको राम्रो विकल्प मानिन्छ ।


तोरीको साग कस्तो लाभदायक हुन्छ भने, जाडोमा खाँदा शरीर न्यानो पार्छ र गर्मीमा खाँदा शीतलता दिन्छ ।


यो सागमा भएको पर्याप्त फाइबरले हाम्रो शरीरको मेटाबोलिक क्रियालाई नियन्त्रित गर्न सघाउछ । फाइबरले पाचन तन्त्रलाई राम्रो अवस्थामा राख्छ । तौल नियन्त्रण पनि यो साग सहयोगी हुन्छ, क्यालोरी कम भएका । यो खाइरहँदा कोलेस्ट्रोलको स्तर कम हुन्छ ।


तोरीको सागमा भएको भिटामिन ‘ए’ ले आँखाको मांसपेसीलाई नोक्सान हुनबाट जोगाउछ । आँखाको दृष्टि यथावत् राख्छ ।


यसमा पाइने पोटेसियम र क्याल्सियमका कारण हाड बलियो बन्छ । हाडसम्बन्धी रोग हुँदा यो साग खानु राम्रो मानिन्छ । यसमा हुने भिटामिन ‘के’ र ओमेगा ३ फयाटी एसिडले एन्टि इन्फलामेट्रि प्रभाव दिन्छ । यिनै तत्त्वले गर्दा मुटु रोग, क्यान्सर, गठियालगायतमा फाइदा मिल्छ ।


यसमा भएको भिटामिन ‘सी’ ले इन्फ्लामेट्री पदार्थ हिस्टामिनलाई टुक्रिनुमा सघाउँछ । योबाहेक म्याग्नेसियमका कारण ब्रोकियल नली र फोक्सोलाई आराम मिल्छ ।


तोरीको सागको नियमित सेवनले मानसिक स्वास्थ्यमा समेत सुधार आउछ । अध्ययनअनुसार, दिनहँु तीन पटक यो साग खाने गरे मानसिक कार्यको नोक्सानी ४० प्रतिशतसम्म कम गर्न सकिन्छ ।


धूमपान गर्नेहरूमा धुवाँका कारण भिटामिन ‘ए’ को कमी हुन्छ, जसले इम्फाइसिमाको जोखिम निम्त्याउँछ । तर तोरीको साग खाइरहने गरे फोक्सो स्वास्थ्य अलि राम्रो रहन्छ ।

प्रकाशित : कार्तिक १७, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?