मधुमेह र 'फुट अल्सर'

डा. बिकास श्रेष्ठ

काठमाडौँ — विश्व मधुमेह दिवस मनाइँदै गर्दा एउटा जनरल प्रक्टिसनरका रुपमा आफूले देखेको र मधुमेह भएकाहरु धेरैले ध्यान नदिएको गोडाको स्याहारको महत्वबारे केही जानकारी प्रस्तुत गरेको छु ।

मधुमेह र 'फुट अल्सर'

मधुमेहको उपचार र मधुमेह भएकाहरुले खानपानमा विशेष ध्यान दिने गरे पनि गोडाको स्याहारमा खास ध्यान पुर्योउने गरेको पाइँदैन । मधुमेहले शरिरका महत्वपूर्ण अङ्गहरुमा नकारात्मक असर पुर्या उने बुझेर जसरी महत्व दिइन्छन् त्यति गोडाको स्याहारमा ध्यान पुर्या उने गरेको पाइँदैन ।

मधुमेह भएका मानिसहरुले आफ्नो गोडाको स्याहार राम्रोसँग नगरेमा 'डायबिटिक फुट अल्सर' (गोडामा घाउ) भएर गोडाको कुनै भाग वा पुरै गोडा नै गुमाउनुपर्ने अवस्था उत्पन्न हुन्छ । जसले गर्दा मधुमेह भएका मानिसको जिवनस्तर खस्कनुका साथै त्यसको नकारात्मक असका कारण सम्पूर्ण परिवार नै प्रभावित हुन्छ ।


समान्य रुपमा गोडाको स्याहर गर्न त्यति गाह्रो छैन । हामीले घरमा सजिलै उपलब्ध हुने सामग्रिहरु प्रयोग गरेर गोडाको स्याहार गर्न सक्छौं । बाथरुममा नुहाउनका लागि प्रयोग गरिने नाइलनको जाली, सानो ऐना, नेल कटर र छाला नरम बनाउने क्रिम प्रयोग गरी सरल तरिकाले गोडाको स्याहार गर्न सकिन्छ ।


गोडाको स्याहार गर्ने तरिकाः

  • सफा पानिले गोडा धुने
  • सफा कपडाले गोडाको सम्पूर्ण भाग सुख्खा हुनेगरी पुछ्ने ।
  • गोडामा ठेला उठेको वा पैताला फुटेको छ वा छैन हेर्ने ।
  • छाला र पैतालालाई नरम बनाउन ग्लिसिरिन भएका क्रिमहरु प्रयोग गर्ने ।
  • नङ काट्दा सिधा काटेर नङको कुनाको भागलाई फाइलरले घोटेर मिलाउने ।

साथमा, सम्भव भएसम्म खाली गोडा नहिँड्ने, आफ्नो साइजको र तुना भएको जुत्ता मात्र लगाउने गर्नाले पनि गोडाको स्याहारमा मद्दत गर्ने ।


यसरी मधुमेह भएकाहरुले आफ्नो गोडाको हेरचाह गरेमा डायवेटिक फुट अल्सरबाट जोगिन सकिन्छ ।


(डा. श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत जनरल प्राक्टिसनर हुन् । उनले क्रिष्चियन मेडिकल कलेज भेल्लोरबाट डायवेटोलोजीमा फेलोसिप तथा डायवेटिक फुट केयरमा तालिम हासिल गरेका छन् ।)





प्रकाशित : कार्तिक २९, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?