१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

चित्र हेर्दै कविता

कान्तिपुर संवाददाता

काठमाडौँ — चित्रकारले आफ्नै विषयवस्तु र परिप्रेक्ष्यलाई क्यानभासमा उतारेका हुन्छन् । पेन्टिङ हेरेको भरमा त्यसको भावलाई कवितामा उतार्नु पक्कै पनि सहज हुन्न । शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा कविहरूले चित्र नियाल्दै पेन्टिङका रंगलाई शब्दमा उतार्ने जमर्काे गरे । 

नेपाल ललितकला मञ्च, सांस्कृतिक संस्थान र जनसाहित्यिक मञ्चले गरेको ‘काठमाडौं आर्ट फेयर’ मा चित्र र मूर्ति हेरेर कविता सिर्जना गराइयो । प्रदर्शनीमा राखिएका चित्रमध्ये काँधमा सन्तान बोकेर उभिएकी महिलाको चित्र हेर्दै यशोदा अधिकारीले कविता लेखिन् । कवि मधु पोखरेल र अच्युत घिमिरेले धान रोप्दै गरेको पेन्टिङलाई कवितामा उतारे । पहाडमा हिँड्दै गरेको चित्रलाई जयन्ती स्पन्दनले जीवनको संघर्षसँग तुलना गरिन् ।

कार्यक्रममा राम विनय, देवी नेपाल, डम्बर पहाडी, बिन्दु शर्मा, रूपक अलंकार, डा. पुुष्करराज भट्ट, प्रशान्त खरेल, बैरागी जेठा, सुदिता शाह, प्रेम सिलवाल, जंग पहाडी, प्रलिशा अधिकारी, रमेश श्रेष्ठ, प्रयत्न सिलवाल, राममणि ढुंगेल, सुरेश हाचेकाली, मिसन अधिकारी, नारायण निराशी, मूर्तिकार राजु पिठाकोटे, भुवन थापा, होमराज श्रेष्ठ, गणेश जिसी, प्रेमनाथ अधिकारी, प्रकाश सिलवाल लगायतले रचना वाचन गरे । प्रा. केशव सुवेदी र डा. बिन्दु शर्माले कविता र सिर्जनाको समालोचना गरे । प्रमुख अतिथि पूर्वमन्त्री वाचस्पति देवकोटाले सिर्जनाहरू समाजलाई अग्रगामी दिशा दिने प्रकृतिको हुनुपर्ने दाबी गरे । कविता र चित्रलाई जोड्न कार्यक्रम गरिएको ललितकला मञ्चका अध्यक्ष लालकाजी लामाले बताए ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?