कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लन्डनमा सुनिए पराजुली

कान्तिपुर संवाददाता

लन्डन — अरू बेला म्युजिक कन्सर्टले भरिभराउ हुने ग्रिनफोर्ड टाउन हल शनिबार साँझ साहित्यिक मनहरूले भरियो । लन्डनमा पहिलो पटक गरिएको ‘कविता कन्सर्ट’ का प्रमुख आकर्षण थिए युवा कवि नवराज पराजुली । उनले करिब एक घण्टा नन स्टप कविता वाचन गरे । 

पहिलोपटक लन्डन आएका उनले ‘सगरमाथाको गहिराइ’, ‘हेब्बी बड्डे’, ‘खोया’ लगायतका कविता सुनाए । द्वन्द्व पीडित बालबालिकाको सहयोगार्थ आयोजित कार्यक्रम भएर होला, उनले त्यस्तै परिवेशको ‘बुद्धको टाउकोको मोल’ शीर्षकको कविता पनि सुनाउन भ्याए । राजदूत डा. दुर्गाबहादुर सुवेदी, एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघ बेलायत अध्यक्ष नरेश खपांगीमगरसहित करिब अढाई सय श्रोता थिए ।


राजदूत डा. सुवेदीले पराजुलीको कवितामा जादु भएको बताए । कविता कन्सर्टका संयोजक रामशरण सिम्खडाले साहित्यलाई परोपकारी कामसँग जोडदै लन्डनमा पृथक शैलीको कविता कन्सर्ट गरिएको जानकारी दिए भने नेपलिज ब्रिटिस कम्युनिटी यूके अध्यक्ष मिलन घिमिरेले सबै दाताप्रति आभार व्यक्त गरे । कार्यक्रममा स्थानीय स्रष्टाहरू फणीन्द्र भट्टराई, मन्जु भण्डारी, नृपेश उप्रेती, जगत् नवोदित, नारायण गाउँले र रमेश कायस्थले समेत आफ्ना रचना सुनाएका थिए ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?