१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सायरबीच जुगलबन्दी 

कान्तिपुर संवाददाता

काठमाडौँ — गजल पारखीहरूमाझ सोमबार राजधानीको कुञ्ज थिएटरमा तीन सायर प्रस्तुत भए । लेखन कुञ्जले जालेको ‘गीत, गजल र शीतल’ शृंखलाको पहिलो संस्करणमा सायरहरू शीतल कादम्बिनी, साकिब हारुनी र इम्तियाज वफा प्रस्तुत भएका हुन् । उनीहरूका हर प्रस्तुतिमा दर्शकले ‘वाह वाह’ भन्दै तालीमार्फत साथ दिएका थिए । 

सायरबीच जुगलबन्दी 

उर्दु एकेडेमीका पूर्व अध्यक्षसमेत रहेका साकिबले ‘नसिली सुर्ख आँखे है’ गजलबाट शृंखलालाई बाँधेका थिए । त्यसपछि उनले ‘तुम भिना चञ्चल....’, ‘जब कोई दिलमे समा...’, ‘ख्वाव मैने देखा है...’, ‘तुम विन रैना...’ र ‘मेरे जज वात मे तुम’ गजल गाए । त्यस्तै उर्दु एकेडेमीका अध्यक्ष वफाले ‘गजल कहेङ्गे जरा ठेहेरो....’, ‘चराग सा लगाया था कुछ हवा उसे बुझा गई..’, ‘समा गई हो....’, ‘रात आपकी यादेँ हैँ’, ‘ना दोस्ती किसिसे...’ र ‘हस्ने रोनेका डर...’ लगायतका सिर्जना सुनाए ।

शीतल कादम्बिनीले ‘भरी महफिल मै हमे आवरु बनाया आपने..’ लगायत आफ्ना चर्चित गजलका सेर वाचन गरिन् । कार्यक्रमको बीचमा शीतल र इम्तियाजबीच गजलमै प्रश्न र उत्तर गर्दै जुगलबन्दीसमेत गरिएको थियो । प्राय: गजल माया प्रेम र विछोडमा केन्द्रित थिए भने केही गजलले समाजको यथार्थ र पीडा उजागर गरेका थिए । साहित्यलाई उद्यमशीलताको रूपमा विकास गर्नुपर्ने धारणा साथ कार्यक्रम थालिएको लेखन कुञ्जका संयोजक कमल ढकालले बताए ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?