समाचार

News

अभिव्यक्ति र भेला हुने स्वतन्त्रता खुम्चिँदै : एम्नेस्टी

एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा सरकार र सत्तारूढ दलका राजनीतिज्ञविरुद्ध आलोचना तथा प्रदर्शन गर्नेहरूमाथि राज्य संयन्त्रले धरपकड, पक्राउ, अत्यधिक बल प्रयोगजस्ता गतिविधि गरेर संविधानप्रदत्त नागरिकको अभिव्यक्ति र भेला हुने स्वतन्त्रतालाई खुम्च्याएको निष्कर्ष निकालेको छ ।

अभिव्यक्ति र भेला हुने स्वतन्त्रता खुम्चिँदै : एम्नेस्टी

नेपाल–कतारबीच २ सम्झौता, ६ समझदारी

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमण सकेर बुधबार फर्किएका छन् । अल थानीको भ्रमणका दौरान बुधबार दुई देशबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । कतारका अमिर र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालबीच दुई पक्षीय भेटवार्तापछि ६ क्षेत्रमा सहकार्य गर्ने समझदारी र २ क्षेत्रमा सम्झौता भएको हो । 

नेपाल–कतारबीच २ सम्झौता, ६ समझदारी

कांग्रेस सांसद गुरुङको भ्रष्टाचार कसुर कायमै, सर्वोच्चको सक्रियताले निलम्बन फुकुवा

सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर भएमात्रै पनि स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । तर, विशेष अदालतबाट भ्रष्टाचारी ठहर हुँदा पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ पदमा पुनर्बहाल भएका छन् । निलम्बन फुकुवा गर्न आदेश दिएको सर्वोच्च अदालतले पूर्णपाठ नआउँदै संसद्लाई पत्राचार गरेर पद फुकुवा गराइदिएको छ । 

कांग्रेस सांसद गुरुङको भ्रष्टाचार कसुर कायमै, सर्वोच्चको सक्रियताले निलम्बन फुकुवा

महोत्तरीमा ११० घर जले

पेटको व्यथाले च्यापेपछि उपचारका लागि बुधबार बिहानै भारतको सीतामढी गएकी लखनदेवी पासवानले साँझ फर्किंदा घर  भेटिनन् । बस्तीमा दिउँसो सल्किएको आगोले घरसहित सम्पत्ति खरानी बनेपछि उनी  घरको भग्नावशेष हेरेर बिलौना गर्दै थिइन् । 

महोत्तरीमा ११० घर जले
वैशाख १२, २०८१

जरलहवागाछीका अग्निपीडितलाई गाँसबासकै चिन्ता

बिहारको सीतामढीमा पेटको उपचार गरेर गाउँ फर्किंदा लखनदेवी खङ्ग्रङ्गै भइन् । बुधबार आगलागीले घर जलेर खरानी भएपछि उनको होसहवास उड्यो । छोराले विदेशबाट पठाएको र श्रीमान् सीताराम पासवानले अटो चलाएर जम्मा गरेको २ लाख नगद, गरगहना, अन्नपात र कागजपत्र सबै जलेर खरानी भएको छ । 

जरलहवागाछीका अग्निपीडितलाई गाँसबासकै चिन्ता

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेल पुर्पक्षका लागि कारागार चलान

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएका नेपाल टेलिकलका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । पौडेलिवरुद्धको मुद्दामा बुधबार विशेष अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश गरेको हो । 

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेल पुर्पक्षका लागि कारागार चलान

ओलीले सुहाङलाई सुटुक्क सोधे : कति भोट ल्याउनु हुन्छ ?

इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा दलहरूले बुधबार अन्तिम चुनावी सभा गरेका छन् । बुधबार राति १२ बजेदेखि आचारसंहिता लागू हुने भएकाले पनि दलहरूले आजै चुनावी सभाको मैझारो गरेका हुन् । 

ओलीले सुहाङलाई सुटुक्क सोधे : कति भोट ल्याउनु हुन्छ ?

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छनोटसम्बन्धी कुनै पनि काम तत्काल नगर्न सरकारलाई आदेश दिएको छ ।

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् । 

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

धमिलो आकाश, अमिलो मन

मौरिस हर्जोगको चर्चित किताब ‘अन्नपूर्ण’ बाट प्रभावित भएर हिमाल हेर्न नेपाल आएका फ्रान्सका पास्कल ब्लेन्क र सुजेन ब्लेन्कको जोडीले पोखराबाट अन्नपूर्ण देखेनन् । उनीहरु हर्जोग हिँडेकै भेग घोरेपानी–पुन हिल पदयात्रामा निस्कने तयारीमा छन् । सोमबार काठमाडौंबाट पोखरा आउने क्रममा अन्नपूर्ण हिमशृंखला हेर्ने कल्पना गर्दै आएको ७१ वर्षीय पास्कलले सुनाए । 

धमिलो आकाश, अमिलो मन

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकमाथि कार्यकक्षमै दुर्व्यवहार

बबरमहलस्थित भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै दुर्व्यवहार भएको छ । क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन् ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशकमाथि कार्यकक्षमै दुर्व्यवहार

‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो । ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ । 

‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले कतार सरकारलाई भैरहवा नी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । बुधबार कतारी अमिर शेख तमिम बिल हमाद अल थानीसँगको  द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री दाहालले काठमाडौं र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका हुन् । 

भैरहवा र पोखराबाट दोहा उडान गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन कतारी अमिरसँग आग्रह गरेका छन्  ।

विपिन जोशीको रिहाइका लागि पहल गर्न कतारी अमिरलाई प्रधानमन्त्रीको आग्रह

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका अमिर

कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ व्यक्तिहरूले उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरे ।

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारका अमिर

पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम आदेश

विज्ञापन आह्वान भएदेखि विवादमा तानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति सिफारिस प्रक्रियालाई तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम आदेश

नेपाल र कतारबीच २ सम्झौता, ६ समझदारी

नेपाल र कतारबीच सहकार्य गर्ने सम्बन्धमा १ सरकारी, १ निजी सम्झौता र ६ समझदारी भएका छन् । सरकारी तहमा ५ वटा र निजी क्षेत्रसँग दुईटा समझदारी भएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो ।

नेपाल र कतारबीच २ सम्झौता, ६ समझदारी

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् । 

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यका विषयका समझदारीमा हस्ताक्षर भएको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणको दोस्रो दिन भएको वार्तामा सहमति भएको हो । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

प्रधानमन्त्री दाहाल र कतारका अमिर नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीच वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीच वार्ता जारी छ । 

प्रधानमन्त्री दाहाल र कतारका अमिर नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीच वार्ता

प्रधानमन्त्री दाहाल र कतारका अमिरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्री दाहाल र अमिरबीच सोल्टी होटलमा भेटवार्ता जारी रहेको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको हो ।  

प्रधानमन्त्री दाहाल र कतारका अमिरबीच भेटवार्ता

कतारी अमिर : कान्छा युवराजदेखि प्रभावशाली शासकसम्म

‘म शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गर्छु,’ २५ जुन २०१३ मा राष्ट्रिय टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै कतारका तत्कालीन अमिर हमाद बिन खालिफा अल थानीले भनेका थिए, ‘मैले युवा नेतृत्वका लागि बाटो खोल्ने निर्णय लिएको छु ।

कतारी अमिर : कान्छा युवराजदेखि प्रभावशाली शासकसम्म

देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न सरकार क्रियाशील छः  प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

देशलाई मेडिकल शिक्षाको ‘हब’का रूपमा विकास गर्न सरकार क्रियाशील छः  प्रधानमन्त्री

इलामको दुर्गममा पुगेनन् उम्मेदवार

एक गाग्री पानी डोकोमा बोकेर घर ल्याइपुर्‍याउँदा माङसेबुङ–२ की सनुजा सङ्खरको आधा घण्टा बित्छ । पानी खेप्दा खेप्दै जिन्दगी नै जाने हो कि भन्ने चिन्ता छ उनलाई । ‘मुहान टाढा छ,’ पसिना पुछ्दै उनले सुनाइन्, ‘हाम्रो त पानी बोक्दा बोक्दै आधा जीवन बितिसक्यो ।’

इलामको दुर्गममा पुगेनन् उम्मेदवार

धर्मगुरुकोमा नेताहरूको लर्को

इलाम–२ को उपनिर्वाचनको उम्मेदवारीलगत्तै चैत १७ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई लिएर माङ्सेबुङको लारुम्बा पुगे । उनीहरूले लारुम्बाका ‘शक्तिकेन्द्र’ धर्मगुरु आत्मनन्द लिङ्देनसँग करिब एक घण्टा बिताएर फर्किए । मधेशवादी दल जनमत पार्टीका उम्मेदवार प्रेमसिंह थाम्सुहाङ पार्टी अध्यक्ष सीके राउतलाई लिएर चैत १६ मै धर्मगुरुलाई भेटेर फर्किएका थिए ।

धर्मगुरुकोमा नेताहरूको लर्को

राष्ट्रपति पौडेलले कतारका अमिरलाई भने– ‘विपिनको रिहाइका लागि पहल गरिदिनुस्’

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले कतारका अमिरलाई भने– ‘विपिनको रिहाइका लागि पहल गरिदिनुस्’

४ जेट विमानसहित आए कतारी अमिर

दुईदिने नेपाल भ्रमणका लागि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी बिजनेस जेट (भीभीआईपी) सहित चार जहाजका साथ ढाकाबाट मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् ।

४ जेट विमानसहित आए कतारी अमिर

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा  मौसम सफा रहने

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा  मौसम सफा रहने

कतार उड्दै रुद्रकली र खगेन्द्र

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको स्वागतमा संघीय राजधानी काठमाडौं व्यस्त रहेका बेला चितवनमा पनि कतारका लागि खास तयारी चलिरहेको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य रहेको कतार जाँदै छन्, सौराहाको खोरसोरमा हुर्केका पोथी हात्ती रुद्रकली र भाले हात्ती खगेन्द्रप्रसाद । सरकारले यी दुवै हात्ती कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेको हो ।

कतार उड्दै रुद्रकली र खगेन्द्र

लगानी सम्मेलनमा ५२ मुलुकका ६३४ लगानीकर्ता आउँदै

आगामी साता काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनमा ५२ मुलुकका ६३४ जना लगानीकर्ता तथा सरोकारवाला विदेशी अधिकारी सहभागी हुने भएका छन् । सम्मेलनमा ३८५ नेपाली व्यवसायी तथा लगानीकर्ता पनि सहभागी हुने लगानी बोर्डले जनाएको छ । 

लगानी सम्मेलनमा ५२ मुलुकका ६३४ लगानीकर्ता आउँदै