‘अमात्यको निधनले प्राज्ञिक र कूटनीतिक क्षति’

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) का कार्यकारी निर्देशक प्रा. पन्नाकाजी अमात्यको निधनले मुलुकको प्राज्ञिक र कूटनीतिक क्षेत्रमा ठूलो क्षति पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

उनलाई श्रद्धाञ्जली दिन मंगलबार आईएफएमा आयोजित श्रद्धाञ्जली सभामा मन्त्रालयका वरिष्ठ अधिकारीहरूले त्यस्तो धारणा व्यक्त गरेका हुन् । गत शनिबार उपचारका क्रममा नर्भिक अस्पतालमा उनको निधन भएको थियो । अमात्य स्वायत्त, गतिशील र प्रभावकारी थिंक ट्यांकको पक्षपाती थिए । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री केपी ओलीले पनि उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


प्रकाशित : फाल्गुन ९, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?