कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दुई दूतावासमा प्रजातन्त्र दिवस

रासस

काठमाडौँ — थाइल्यान्डको बैंकक र पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासहरूमा ६८औं राष्ट्रिय प्रजातन्त्र दिवस दीपावलीका साथ मनाइएको छ ।

थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले आयोजना गरेको स्वागत समारोहमा थाई सरकारका उच्च अधिकारी तथा गैरआवासीय नेपाली संघका पदाधिकारीलगायतको उपस्थिति थियो । उक्त दूतावासले दीपावलीका साथ तीन दिनसम्म प्रजातन्त्र दिवस मनाएको जनाइएको छ ।


यस्तै, पाकिस्तानमा राजदूत सेवा लम्साल अधिकारीले आयोजना गरेको समारोहमा पाकिस्तान सरकारका वरिष्ठ अधिकारीका साथै काम एवं अध्ययनका सिलसिलामा पाकिस्तानमा रहेका नेपालीको उपस्थिति रहेको उक्त दूतावासले जनाएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?