राष्ट्रिय सभामा मनोनयन: कांग्रेसद्वारा आपत्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय सभाका तीन सदस्य मनोनयनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ । शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारको निर्णय उल्टाउने मन्त्रिपरिषद् निर्णयको पनि उसले विरोध गरेको छ । 

देउवा सरकारले १२ दिनअघि राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गरे पनि राष्ट्रपतिले नियुक्त गरेकी थिइनन् । नयाँ सरकारले मंगलबार पूर्ववर्ती सरकारको निर्णय बदर गर्दै नयाँ नाम सिफारिस

गरेपछि भने राष्ट्रपतिले लगत्तै नियुक्त गरेकी हुन् । नियुक्त भएकामा योजना आयोगका पूर्वउपाध्यक्ष एवं पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगकै पूर्वसदस्य विमला पौडेल छन् ।

यसमा राष्ट्रपतिको भूमिका विवादास्पद देखिएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । ओली सरकारको सिफारिस तत्कालै कार्यान्वयन गरेसँगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपतिको भूमिका निष्पक्ष र संविधानसम्मत नभएको आरोप लगाए ।

देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिने क्रममा राष्ट्रपति भण्डारीलाई शीतलनिवासमा भेटेरै सरकारले गरेको सिफारिस कार्यान्वयन गर्न आग्रह गरेका थिए । त्यतिबेलै उनले राष्ट्रपतिले कार्यान्वयन नगरे त्यसविरुद्ध कांग्रेसले सदन र सडकमा आवाज उठाउने जानकारी गराएको देउवानिकट स्रोतले बतायो ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?