कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालले भने– ‘पाँचै वर्ष ओली’

कान्तिपुर संवाददाता

चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केपी ओली पाँच वर्ष नै प्रधानमन्त्री रहने संकेत गरेका छन् ।

दाहालले भने– ‘पाँचै वर्ष ओली’

माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण गर्ने सहमति गरेको भोलिपल्ट मंगलबार बिहान गृहजिल्ला आएका दाहालले भरतपुर विमानस्थलमा पत्रकारसँग भने, ‘आलोपालो विषयमा महाधिवेशनले निर्णय गर्ला । अहिलेलाई ओलीजी पाँच वर्षकै प्रधानमन्त्री हो ।’


पार्टी एकीकरणपछि महाधिवेशन नहुँदासम्म आफू र ओली अध्यक्ष रहने र एकीकृत पार्टी बैठकको अध्यक्षता पालैपालो गर्ने सहमति भएको तर प्रधानमन्त्रीको विषय महाधिवेशनले नै टुंग्याउने दाहालले बताए । एकीकरणपछि महाधिवेशन चाँडै नै हुने उनले जनाए । ‘मोटामोटी डेढ/दुई वर्षभित्र महाधिवेशन भएरै छाड्छ । अधिवेशनमा प्रधानमन्त्री के कसरी हुने भन्ने विषयमा निर्णय हुन्छ,’ उनले भने ।

दुई दलबीच एकताको सहमतिसँगै एकताका विषयमा दुई कार्यदल बनेको दाहालले बताए । ती कार्यदलले साताभित्र सुझाव दिने र त्यसपछि संयुक्त बैठक राखी पुराना केन्द्रीय समिति भंग गरेर नयाँ समिति बनाउने उनले जनाए । ‘त्यसैलाई निर्वाचन आयोगमा दर्ता गर्नेछौं,’ दाहालले भने । कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहे पनि अब आफूलाई नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भने पनि अन्यथा नहुने उनले बताए ।

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?