बेबी फोटो कन्टेस्टको उपाधि केब्यानलाई

कान्तिपुर संवाददाता

काठमाडौं — ईकमर्स वेबसाइट ‘बेबीसप नेपाल डट कम’ ले आयोजना गरेको बेबी फोटो कन्टेस्टको उपाधि केब्यान शाक्यले जितेका छन् ।

३ सय प्रतिस्पर्धीलाई उछिन्दै केब्यानले उपाधि जितेका हुन् । अर्का बालक स्पर्श मिश्र गराच फस्ट रनरअप भए । 

विजेता र उपविजेतालाई काठमाडौंमा भएको कार्यक्रममा ‘बेबीसप नेपाल डट कम’ ले पुरस्कारसहित पुरस्कृत गरेको छ ।
कम्पनीका संस्थापक प्रशान्त राज वन्तले प्रतियोगितामा ३ लाख भन्दा बढी इन्गेज भएको बताए । 

 

प्रकाशित : पुस १८, २०७३ ११:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जंगलमा विष्फोटक पदार्थ भेटियो

सुदीप कैनी

गोरखा — गोरखाको स्वाँरा गाविस–९ स्थित थलाको जंगलभित्र ओडारमा ढुङ्गाले छोपेर लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा विस्फोटक पदार्थ फेला परेको छ ।

स्वाँरा गाविस–९ थला जंगलको ओडारमा तीन हजार नौ सय ४१ थान इलोक्ट्रोनिक डेटोनेटर भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीले बोरामा शंकास्पद वस्तु देखेपछि आइतबार प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय जौवारीबाट गएको प्रहरी निरीक्षकको टोलीले उक्त सामग्री बिष्फोटक पदार्थ पड्काउन काम लाग्ने डेटोनेटर भएको पुष्टि गरेको प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले जानकारी दिए ।

द्वन्द्वको समयमा विद्रोही पक्षले लुकाई राखेको हुन सक्ने उनले अनुमान गरे । ‘भेटिएको सामग्री सदरमुकाम ल्याउने तयारी भएको छ,' उनले भने । डेटोनेटर बम बनाउन प्रयोग गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस १८, २०७३ ११:५८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT